मालपोत कार्यालय कावासोतीमा स्थानीय निकायको अनुगमन,सुरक्षा अपनाउन प्रमुखलाई आग्रह ।

नारायण प्रभु , साउन- २९ नवलपुर । नवलपुरको कावासोतीमा रहेको मालपोत कार्यालयमा स्थानिय निकायले अनुगमन गरेको छ।देशैभर कोरोना सन्क्रमितको संख्या बढिरहदा मालपोत कार्यालयमा भएको अव्यवस्थित भिडका कारण स्थानीयले गुनासो गरेपछी अनुगमन गरिएको हो।

अनुगमनमा कावासोती वडा नं. २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेलको नेतृत्वमा सदस्यहरु शिव पाण्डे,कल्पना बि.क., नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासु राज पोख्रेल लगाएतको उपस्तिथि रहेको थियो। मालपोत कार्यालयका प्रमुख नीर बहादुर दाहालसँग अध्यक्ष पौडेलले कार्यालयमा देखिएको भिडलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अन्तर्कृया समेत गर्नु भएको छ। कुराकानिका क्रममा प्रमुख दाहालले स्थानीय निकायबाट आवश्यक सहयोगको अपेक्षा गरिएको र कार्यालयमा देखिएको भिडलाई नियन्त्रण गर्न नगर प्रहरी वा सुरक्षाकर्मिको व्यवस्था गर्न सकेमा भिड नियन्त्रण गर्न सकिने जानकारी गराउनु भयो।मालपोतभन्दा अन्य कार्यालय मा काम गर्न रुचाउने कर्मचारीका कारण दरबन्दी भन्दा निक्कै कम संख्यामा कर्मचारी भएका कारणले पनि काममा ढिलासुस्ती हुँदा भिडभाड बढेको उहाँले स्विकार्नु भएको छ।हरेक दिन हरेक पालिकाको पालो लगाएर दिनमा २५ जनाको मात्र काम गर्ने भनेर सुचना निकालिएता पनि कार्यालयमा सयौंको संख्यामा सेवाग्राहीको भिड हुने गरेको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago