मालपोत कार्यालय कावासोतीमा स्थानीय निकायको अनुगमन,सुरक्षा अपनाउन प्रमुखलाई आग्रह ।

नारायण प्रभु , साउन- २९ नवलपुर । नवलपुरको कावासोतीमा रहेको मालपोत कार्यालयमा स्थानिय निकायले अनुगमन गरेको छ।देशैभर कोरोना सन्क्रमितको संख्या बढिरहदा मालपोत कार्यालयमा भएको अव्यवस्थित भिडका कारण स्थानीयले गुनासो गरेपछी अनुगमन गरिएको हो।

अनुगमनमा कावासोती वडा नं. २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेलको नेतृत्वमा सदस्यहरु शिव पाण्डे,कल्पना बि.क., नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासु राज पोख्रेल लगाएतको उपस्तिथि रहेको थियो। मालपोत कार्यालयका प्रमुख नीर बहादुर दाहालसँग अध्यक्ष पौडेलले कार्यालयमा देखिएको भिडलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अन्तर्कृया समेत गर्नु भएको छ। कुराकानिका क्रममा प्रमुख दाहालले स्थानीय निकायबाट आवश्यक सहयोगको अपेक्षा गरिएको र कार्यालयमा देखिएको भिडलाई नियन्त्रण गर्न नगर प्रहरी वा सुरक्षाकर्मिको व्यवस्था गर्न सकेमा भिड नियन्त्रण गर्न सकिने जानकारी गराउनु भयो।मालपोतभन्दा अन्य कार्यालय मा काम गर्न रुचाउने कर्मचारीका कारण दरबन्दी भन्दा निक्कै कम संख्यामा कर्मचारी भएका कारणले पनि काममा ढिलासुस्ती हुँदा भिडभाड बढेको उहाँले स्विकार्नु भएको छ।हरेक दिन हरेक पालिकाको पालो लगाएर दिनमा २५ जनाको मात्र काम गर्ने भनेर सुचना निकालिएता पनि कार्यालयमा सयौंको संख्यामा सेवाग्राहीको भिड हुने गरेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago