सन्ताेष गहतराज , पाल्पा। जिल्लाकाे तिनाउ गाउँपालिकाले वडा न २ दाेभानका नवजात १ बर्ष भित्रका शिशुलाई दाेभान स्वास्थ्य चाैकीमा स्वागत तथा सम्मान गरिएको छ ।
दाेभान स्वास्थ्य चाैकीकाे आयोजनामा वडा न २ वडा समितिकाे पहलमा तथा गाउँपालिकाकाे अर्थिक सहयाेगमा ४८ जना नवजात शिशुलाई न्यानाे कपडा,लाम खुट्टेबाट जाेगिन झुल र सर्वाेतम पिठो दिएर स्वागत गरिएको वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनु भयाे । तिनाउ गाउँपालिकाका स्वास्थ्य इन्चार्ज कृष्ण कार्कीले शिशु जन्मेको २ बर्ष सम्म नवजात शिशुकाेस्वास्थ्य, खानपान, न्यानाेपन, सरसफाइ लगाएतका कुराहरूमा ध्यान पुग्याउनु पर्ने बताउनु भयाे ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले नवजात शिशुलाई स्वागत गर्दै स्वास्थ्य सामाग्री वितरण गर्नु भएको थियाे । उक्त कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरू तुल कुमारी चिदी र प्रेम कुमारी बगालेलाई स्वेच्छिक अवकास लिएकाेमा १०,१० हजार रूपैयाँ प्रदान गरि बिदाइ पनि गरिएको थियाे कार्यक्रम वडा न २ काे वडा अध्यक्ष राजेश श्रेष्ठकाे अध्यक्षता र दाेभान स्वास्थ्य चाैकी प्रमुख ठाकुर सिंह कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…