काठमाडौ । प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा शनिबार (२७ असार) राति भारी वर्षा भएको छ। अन्य प्रदेशमा पनि मध्यम र हल्का वर्षा भएको छ। देशभर अरु तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश नं. १ को इलाम, झापा मोरङ, प्रदेश नं. २ को राजविराज, बागमतीको मकवानपुर र गण्डकी प्रदेशको स्याङ्जामा भारी वर्षा भएको छ। इलाम, मकवानपुर र स्याङ्जामा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ। राजविराजमा पनि ९० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढीलाई भारी वर्षा भनिन्छ।
आज पनि प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकीका साथै सूदूर पश्चिमका केही भागमा भारी वर्षाको सम्भावना छ। गत विहिबारदेखि दक्षिण तर्फबाट नेपाल प्रवेश गरेको न्यूनचापीय रेखाका कारण देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले प्रदेश १ र २ मा भारी वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार भारी बर्षाले बाढी र पहिरोको सम्भावना अधिक रहन्छ। त्यसकारण सचेत रहन आग्रह गरिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…