उद्धार उडानको भाडा घट्यो, घटेको भाडा सूचीसहित

३० जेठ, काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट नेपाली ल्याउन तोकेको भाडादर थोरै घटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आंशिक संशोधनपछि अब विभिन्न प्रमुख श्रम गन्तव्य मुलुकको भाडा ५ हजारदेखि साढे ९ हजारसम्म घटेको छ ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का हाल तय भएको भाडादर आफूहरुले प्रस्ताव गरेकै हाराहारीमा रहेको बताउँछिन् ।उनले भनिन् । सरकारले प्रमुख श्रम गन्तव्यहरुको उडानमा ४५ देखि ८० डलरसम्म मूल्य घटाएको छ ।

सरकारले जापान, बैंकक, हङकङ, बंगलादेश र भारतको भाडादर यथावत राखेको छ । अष्ट्रेलियबाट फर्किन १ लाख ९५ हजार भाडादर तोकिएको छ ।

भाडादर घटेपछि पनि विशेष गरी विदेशमा अलपत्र कामदारहरुले यसको विरोध गरिरहेकै छन् ।

ओमानबाट सस्तो भाडा नेपालीहरु र्फकँदै

नेपालको श्रम गन्तव्य मुलुक ओमानबाट जून १५ र २१ तारेखमा प्रतिव्यक्ति करिब २९९ डलर तिरेर नेपालीहरु स्वदेश र्फकदैछन् । तर, सरकारले भने ओमनको भाडा ४६० डलर तोकेको छ । यसअघि सरकारले ५१० डलर भाडा तोकेको थियो । तर, सर्वत्र विरोध भएपछि ५० डलर घटाइएको छ ।

ओमान दूताबासका कर्मचारीले दिएको जानकारी अनुसार त्यहाँबाट प्रतिव्यक्ति करिब ३४ हजार नेपाली रुपैयाँमा काठमाडौं ल्याउन सलाम एयर तयार भइसकेको छ । तर, आफ्नै देशको सरकारले तोकेको भाडा चाहिँ करिब साढे ५५ हजार पुग्छ ।

                   सरकारले तोकेको नयाँ र पुरानो भाडादर

देश यसअघिको भाडा (डलरमा) परिमार्जित भाडादार (डलरमा)  हालको भाडा भाडा (रुपैयाँमा)
दमाम (साउदीअरब) ५९० ५३० ६४,१३०
रियाद (साउदीअरब) ६३० ५६५ ६८,३६५
जेद्दाह (साउदीअरब) ७७० ६९० ८३,४९०
दुबई ५०० ४५० ५४,४५०
आवुधाबी (यूएई) ५०० ४५० ५४,४५०
सारजाह (यूएई) ५०० ४५० ५४,४५०
क्वाललम्पुर (मलेसिया) ५२० ४६५ ५६,२६५
दोहा (कतार) ५४५ ४९० ५९,२९०
जोर्डन ८१५ ७७५ ९३,७७५
ओमन ५१० ४६० ५५,६६०
बहराइन ५४५ ४९० ५९,२९०
कुवेत ५७० ५१० ६१,७१०
साइप्रस ८७५ ८३० १,००,४३०
नारिता -जापान) ९३५ यथावत १,१२,२००
सुडान ९४० ८९० १,०७,६९०
फ्र्याङकर्फट (जर्मनी) १२५५ ११९० १,४३,९९०
लन्डन (बेलायत) १३५० १२८० १,५४,८८०
बैंकक (थाइल्यान्ड) ३९० यथावत ४६,८००
हङकङ ५५० यथावत ६६,०००
माल्दिभ्स ५०५ ४८० ५८,०८०
श्रीलंका ४०० ३८० ४५,९८०
बंगलादेश १६५ यथावत १९,८००
नयाँ दिल्ली २०५ यथावत २४,६००
मुम्बइ ३१० यथावत ३७,२००
बैगलोर ३३५ यथावत ४०,२००
अष्ट्रेलिया सिड्नी १६१५ १,९५,४१५
सोल (कोरिया) ८७५ १,०५,८७५
सिंगापुर/कम्बोडिया ५२० ६२,९२०
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago