सरकारलाई दबाब दिन युवाहरूको तानसेनमा प्रदर्शन

पाल्पा । बिहान १० नबज्दै तानसेनको सडकमा चहलपहल बढ्यो । स्वस्फूर्त रुपमा प्लेकार्ड सहित उपस्थित भएका युवाहरुले शान्तिपूर्ण रुपमा सरकारको विरोध प्रदर्शन गर्न भेला भए । युवाको प्रदर्शनमा सामाजिक दुरी कायम छ । साथमा नेपालको झण्डा पनी छ ।

विहान १० देखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी मख्खन्टोल सडक भरी लाइनबद्द भएर प्रदर्शन गरे । एकातिर प्रहरीको लाइन छ भने अर्को तिर आम्मेसाम्मे भएर प्रदर्शनकारी युवा छन । राजनैनिक रुपमा नभई स्वतस्फुर्त रुपमा भ्रष्टाचार र कोडिभ १९ को बारेमा सरकारलाई दबाब दिन प्रदर्शन गरिएको उनिहरुको दाबी छ । प्रदर्शनका क्रममा उनिहरुले बिकेका प्लेकार्डमा पिसिआर टेस्ट गराउनुपर्ने, टेस्टको दायरा बढाउनुपर्ने, प्रार्थमिकता के मा कार्पेटमा कि जनताको खाली पेटमा ?, हाम्रो देश हाम्रो गर्व कहाँ गयो १० खर्ब, बाचुन्जेल हाहाकार मरेपछी PCR, मेडिकल क्षमता विस्तार गनुपर्ने, लगायतको नारा बोकका छन् ।

पाल्पा लगाएत देशव्यापी प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले लकडाउनमा प्रदर्शन गरे ६ सय जरिवानादेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको थियो । उक्त चेतावनीका बाबजुद् पनि देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भइरहेका छन्।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago