परिक्षणको दायरा बढाउन किट खरिद गरी स्थानीयको स्वाब संकलन गर्दै पाल्पाका स्थानीयतह

पाल्पा । कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढेपछि पाल्पाका पालिकाले आफै भिटिएम किट खरिद गरी स्वाब संकलनमा जुटेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा भिटिएम किट अभाब भएको छ । स्वास्थ्यको मौज्दातमा किट ३ सय र आरडीटी किट २ सय मात्र रहेका छन् । परिक्षण गर्नुपर्ने संख्या को आधारमा यो संख्या निकै न्यून हो । रोजगारीको सिलसिलामा गई भारतबाट स्वदेश फर्किएका २ हजार २ सय भन्दा धेरै पाल्पाका क्वारेन्टाइन मा छन् । उनीहरुको पिसिआर परिक्षण गर्नुपर्नेमा कीट अभाबका कारण हुन सकेको छैन ।


संक्रमणको जोखिममा रहेको पूर्वखोला गाउँपालिकाले ५ सय भिटिएम किट खरिद गरेको छ । गाउँपालिकाले खरिद गरेकै भिटिएमबाट क्वारेन्टाइमा रहेका ३४० जनाकै स्वाब संकलन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईले जानकारी दिए । समुदायमा कोरोना संक्रमण नफैलियोस् भनी पालिकाले आफै किट खरिद गरेको अधिकृत पछाईले बताए । पाल्पाको रम्भा गाउँपालिकाले २ सय भिटिएम किट खरिद गरेको छ । गाउँपालिकाकै ल्याब असिस्टेन्टबाट क्वारेन्टाइनमा बसेका १ सय ५० जनाको स्वाब संकलन सुरु गरेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । पालिकाले थप ४ सय किट किन्ने तयारी रहेको अध्यक्ष भण्डारीको भनाइ छ ।
यस्तै माथागढीमा मात्र १४ जना संक्रमित रहेकाले पालिकाले आफै भिटिएम खरिद गरी क्वारेन्टाइमा बसेका २ सय व्यक्तिको  स्वाब परीक्षणका लागि पठाउने तयारी भएको अध्यक्ष सन्तोष थापाले बताए । परिक्षणको नतिजा ढिलाइ र किट अभावकै कारण क्वारेन्टाइनमा सिमित रहेको कोरोना संक्रमण समुदायस्तरमा फैलिन सक्ने जोखिमले नागरिक त्रसित बनेका छन् । पाल्पामा दिनहुँ संक्रमणको संख्या बढ्दै गएको छ । बिहिवार सम्म मात्र पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ भने १ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित सबै जना भारतबाट आएका व्यक्ति हुन् । थप किटको लागि केन्द्र र प्रदेश सरकारसँग ताकेता गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनका अनुसार केन्द्र सरकारले अनुमती दिएमा जिल्लाका १० वटै पालिका मिलेर पीसीआर परीक्षण मेसिन खरिद गरी पालिकास्तरबाट संकलन भएको स्वाब परीक्षण गर्न सकिने छ ।
यसले गर्दा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सहज हुने उनको भनाई छ । भिटिएम किट अभावमा प्रदेश सरकारको निर्यण बमोजिम लक्षण नदेखिएका भारतबाट आएका व्यक्तिलाई बिनापरीक्षण धमाधम घर पठाउने काम भइरहेको छ । क्वारेन्टाइनमा बसेर बिनापरीक्षण जोखिमको सूचीमा रहेका व्यक्तिलाई घर पठाउदा समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएको छ । पाल्पाका सामुदायिक विद्यालयका क्वारेन्टाइन भरिएका छन् । पाल्पामा दैनिक दुई सयको हाराहारीमा क्वारेन्टाइमा संख्या थपिने गरेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago