पाल्पाका विभिन्न स्थानीय तहहरूले बाझाे जमिन खन जोत गर्ने कृषकहरूलाई अनुदान दिने ।

सन्ताेष गहतराज , पाल्पा । पछिल्लाे समयमा मानिस  शहरमा बसाइँ सरी वा राेजगारिका लागि शहरमा बस्दा गाउँका खेतबारीहरू   बारी,खरियाहरू जङ्गल काे रूपमा परिणत भएको छ । अहिले पाल्पाका धेरै खेतीयोग्य जमिनहरू पनि जङ्गलकाे रूपमा परिणत भएका छन।  पछिल्लो समयमा काेराेनाकाे संक्रमणकाे जाेखिम बढे सँगै शहर बजारमा बस्ने मानिस अहिले गाउँ घरमा गई साेहि खेत वारि तथा खरियाहरू खनजाेत गरि कृषि कार्यमा लागेकाे सन्दर्भमा पाल्पा का विभिन्न स्थानीय तहहरूले उनिहरूलाई कृषि कार्यमा अझ प्रेरणा दिन बाझाे जमिन खनजाेत गर्ने कृषकहरूलाई अनुदान दिने भएको छ ।

लकडाउनकाे समयमा बाझाे जमिनकाे खनजाेत गर्दा कृषकहरूलाई समय काटन सजिलो हुने ,अर्गानिक रूपमा उत्पादित बस्तु उपभोग गर्न पनि पाउने तथा अनुदान समेत पाउने भए पछि कृषकहरू खुशी छन। यसै  लकडाउनको समयमा जिल्लाका बिभिन्न स्थानीय तहहरुले लोककल्याणकारी कार्यक्रमलाई अगाडि बढाएका छन् । जिल्लाका १० वटै स्थानीय तहहरुले किसान र उत्पादनमैत्री कार्यक्रमहरुलाई प्राथमिकता दिएका छन् ।

यो अवधिमा जिल्लाका ३ वटा स्थानीय तहहरुले बाँझो खेतबारी जोत्नेहरुका लागि अनुदानको ब्यवस्था गर्ने निर्ण समेत गरिसकेका छन् ।

रैनादेवी छहरा गाउँपालिकाले जिल्लामै पहिलो पटक अनुदान कार्यक्रमको निर्णय गरेको हो । यो गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेहरुलाई अनुदान दिने निर्णय गरेको छ । बाझो जमिनमा अन्नबाली र तरकारी खेती गर्नेलाई प्रतिरोपनी ३ हजार र बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपे प्रतिरोपनी २ हजार रुपैयाँ दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताए । यसप्रकारको अनुदानले बाझो रहेका खेतबारी जोतिने र कृषि उत्पादन समेत बढ्ने गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीको भनाई छ ।

रामपुर नगरपालिकाले पनि बाझो जग्गामा खेती गर्नेहरुका लागि प्रतिरोपनी ३ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताए । नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जग्गामा खाद्यान्न र तरकारी खेती गर्ने किसानलाई अनुदान दिने उनले बताए । बाँझो जमिन जोतेर मकै रोपे प्रतिरोपनी ३ हजार रुपैयाँ र मौसमी तरकारी खेती गर्नेहरुलाई प्रतिरोपनी ५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।उत्पादन बढाउन र खाद्य संकट नहोस् भन्नका लागि कार्यपालिकाले यो निर्णय गरेको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए ।

त्यस्तै माथागढी गाउँपाालिकाले पनि खेतीयोग्य बाँझो जमिनमा खेती गर्नेलाई अनुदान घोषणा गरेको छ । २ वर्ष अघिदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा खेती गर्ने किसानले अनुदान पाउने गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । बाँझो जग्गामा पुन खेती गर्नेहरुलाई प्रतिरोपनी ३ हजार अनुदान दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । स्थानीय तहहरुको यो निर्णयले बिबिध कारणले बाझो रहेका जग्गाहरु पुनः खन जोत गर्न  किसानहरुलाई हौसला मिल्ने बताइएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago