पाल्पाका विभिन्न स्थानीय तहहरूले बाझाे जमिन खन जोत गर्ने कृषकहरूलाई अनुदान दिने ।

सन्ताेष गहतराज , पाल्पा । पछिल्लाे समयमा मानिस  शहरमा बसाइँ सरी वा राेजगारिका लागि शहरमा बस्दा गाउँका खेतबारीहरू   बारी,खरियाहरू जङ्गल काे रूपमा परिणत भएको छ । अहिले पाल्पाका धेरै खेतीयोग्य जमिनहरू पनि जङ्गलकाे रूपमा परिणत भएका छन।  पछिल्लो समयमा काेराेनाकाे संक्रमणकाे जाेखिम बढे सँगै शहर बजारमा बस्ने मानिस अहिले गाउँ घरमा गई साेहि खेत वारि तथा खरियाहरू खनजाेत गरि कृषि कार्यमा लागेकाे सन्दर्भमा पाल्पा का विभिन्न स्थानीय तहहरूले उनिहरूलाई कृषि कार्यमा अझ प्रेरणा दिन बाझाे जमिन खनजाेत गर्ने कृषकहरूलाई अनुदान दिने भएको छ ।

लकडाउनकाे समयमा बाझाे जमिनकाे खनजाेत गर्दा कृषकहरूलाई समय काटन सजिलो हुने ,अर्गानिक रूपमा उत्पादित बस्तु उपभोग गर्न पनि पाउने तथा अनुदान समेत पाउने भए पछि कृषकहरू खुशी छन। यसै  लकडाउनको समयमा जिल्लाका बिभिन्न स्थानीय तहहरुले लोककल्याणकारी कार्यक्रमलाई अगाडि बढाएका छन् । जिल्लाका १० वटै स्थानीय तहहरुले किसान र उत्पादनमैत्री कार्यक्रमहरुलाई प्राथमिकता दिएका छन् ।

यो अवधिमा जिल्लाका ३ वटा स्थानीय तहहरुले बाँझो खेतबारी जोत्नेहरुका लागि अनुदानको ब्यवस्था गर्ने निर्ण समेत गरिसकेका छन् ।

रैनादेवी छहरा गाउँपालिकाले जिल्लामै पहिलो पटक अनुदान कार्यक्रमको निर्णय गरेको हो । यो गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेहरुलाई अनुदान दिने निर्णय गरेको छ । बाझो जमिनमा अन्नबाली र तरकारी खेती गर्नेलाई प्रतिरोपनी ३ हजार र बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपे प्रतिरोपनी २ हजार रुपैयाँ दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताए । यसप्रकारको अनुदानले बाझो रहेका खेतबारी जोतिने र कृषि उत्पादन समेत बढ्ने गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीको भनाई छ ।

रामपुर नगरपालिकाले पनि बाझो जग्गामा खेती गर्नेहरुका लागि प्रतिरोपनी ३ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताए । नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जग्गामा खाद्यान्न र तरकारी खेती गर्ने किसानलाई अनुदान दिने उनले बताए । बाँझो जमिन जोतेर मकै रोपे प्रतिरोपनी ३ हजार रुपैयाँ र मौसमी तरकारी खेती गर्नेहरुलाई प्रतिरोपनी ५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।उत्पादन बढाउन र खाद्य संकट नहोस् भन्नका लागि कार्यपालिकाले यो निर्णय गरेको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए ।

त्यस्तै माथागढी गाउँपाालिकाले पनि खेतीयोग्य बाँझो जमिनमा खेती गर्नेलाई अनुदान घोषणा गरेको छ । २ वर्ष अघिदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा खेती गर्ने किसानले अनुदान पाउने गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । बाँझो जग्गामा पुन खेती गर्नेहरुलाई प्रतिरोपनी ३ हजार अनुदान दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । स्थानीय तहहरुको यो निर्णयले बिबिध कारणले बाझो रहेका जग्गाहरु पुनः खन जोत गर्न  किसानहरुलाई हौसला मिल्ने बताइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago