सन्ताेष गहतराज , पाल्पा । पूर्वखोला गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाले २६ हजार ७ सय रुपैयाँ सहयोग गरेको छ ।
नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकका संयोजक कृष्णप्रसाद शर्मा पौडेलको नेतृत्वमा पार्टीका क्षेत्रीय सदस्य किशोर पंगेनी, महिला नेतृ सीता देवकोटा,काँग्रेस वडा नं ३ का सचिव ईश्वर आचार्य, तरूणदलका नेता नारायण न्यौपाने लगायतको टोली गाउँपालिका पुगेर गाउपालिकाका अध्यक्ष नुनबहादुर थापालाई रकम हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस गाउँपालिका संयोजक पौडेलले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गाउँपालिकाले स्थापना गरेको राहत कोषमा केही सहयोग पुगोस् भनेर सहयोग गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष थापाले नेपाली काँग्रेसले गरेको सहयोगको प्रसम्सा गर्दै रकमको सदुपोयग हुने बताए । कोरोना भाइरसबाट जोगिनका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने साथै बिपन्न परिवारलाई दैनिकी चलाउन समस्या हुने भन्दै राहत बितरणका लागि सहयोग गरेको नेपाली कांग्रेस पुर्वखोलाका सचिव ईश्वर आचार्यले बताए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…