नेपाली कांग्रेस पुर्वखाेलाले गाउँपालिकाको राहत कोषमा रकम हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा । पूर्वखोला गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाले २६ हजार ७ सय रुपैयाँ सहयोग गरेको छ ।

नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकका संयोजक कृष्णप्रसाद शर्मा पौडेलको नेतृत्वमा पार्टीका क्षेत्रीय सदस्य किशोर पंगेनी, महिला नेतृ सीता देवकोटा,काँग्रेस वडा नं ३ का सचिव ईश्वर आचार्य, तरूणदलका नेता नारायण न्यौपाने लगायतको टोली गाउँपालिका पुगेर गाउपालिकाका अध्यक्ष नुनबहादुर थापालाई रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस गाउँपालिका संयोजक पौडेलले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गाउँपालिकाले स्थापना गरेको राहत कोषमा केही सहयोग पुगोस् भनेर सहयोग गरेको बताए ।

गाउँपालिकाका अध्यक्ष थापाले नेपाली काँग्रेसले गरेको सहयोगको प्रसम्सा गर्दै रकमको सदुपोयग हुने बताए । कोरोना भाइरसबाट जोगिनका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने साथै बिपन्न परिवारलाई दैनिकी चलाउन समस्या हुने भन्दै राहत बितरणका लागि सहयोग गरेको नेपाली कांग्रेस पुर्वखोलाका सचिव ईश्वर आचार्यले बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago