एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । बिहीबार रातिआयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले समूह चरणमा शतप्रतिशत जित निकालेका हो ।
समूह ‘बी’ मा आर्सनलले मोल्दे, रापिड वेन र डुन्डाल्कलाई दुवै लेगमा हराउन सफल भयो । एभिभा स्टेडियम डब्लिनमा बिहीबार रातिभएको खेलमा आर्सनललाई जिताउन इडुआर्ड एनकेइट, मोहमेद इलाने, जोसेप विललक र फोलारिन बालोगनले गोल गर्दा घरेलुटोलीका जोर्डन फ्लोरेस र सिन होआरेले गोल गरे ।
पाहुना टोली आर्सनलले खेलको १८ मिनेटभित्र नै २–० को अग्रता कायम गरेको थियो । १२औं मिनेटमा इडुआर्डले तथा १८औं मिनेटमामोहमद इलानेले गोल गरेका थिए । २२औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएका थिए ।६७औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए ।
८०औं मिनेटमा फोलारिनले गोल गरेपछि आर्सनले खेलमा ४–१ को अग्रता बनायो । खेल सकिन ५ मिनेट बाँकी रहँदा सिन होआरेले गोलगरेपनि घरेलु टोलीले हार टार्न सकेन । यो समूहको अर्काे खेलमा रापिड वेन र मोल्देले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजासँगै आर्सनल शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थानमा रह्यो । मोल्दे १० अंकसहित दोस्रो स्थानमा रहँदैनकआउट चरणमा पुग्न सफल हुदा रापिड वेन ७ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन हुदै डुन्डाल्क पुछारमा रह्यो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…