तनहुँका सामुदायिक वनमा नयाँ पोखरी निर्माण अभियान

तनहुँ। तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको

चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ सामुदायिक वनले १५ गरीकूल तीस वटा पोखरी निर्माण गरिने भएको हो

फोटो फाईल

मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नयाँ पोखरी निर्माण अभियान थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुखकमलप्रसाद काफ्लेले जानकारी दिनुभयो चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौतारिँदैमानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको उहाँले बताउनुभयो

खोल्साखोल्सीमा पानीको स्रोत नहुनु कहीँकतै पानीको स्रोत भएका स्थानबाट पनि सबै पानी बस्तीमा लैजाने प्रवृत्तिले मानव तथापशुपन्छीबीच द्वन्द्व हुने गरेको बताइएको उहाँले भन्नुभयोभानुभक्तको समयमा घाँसीले कुवाँ खनाए भने अब वन्यजन्तुका लागिमूल, कुवा, पोखरीको संरक्षण गर्नुपर्ने देखिएको मानवबस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजिकमा देखापरेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो

मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी आहार प्रजातिको लागि कलिलो घाँस (घाँसेमैदान) व्यवस्था गर्ने गरी मानववन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियान थालिएको

सामुदायिक वनलाई पन्ध्र वटा पोखरी निःशुल्करुपमा निर्माण गर्नका लागि आग्रह गरेका छौं”, उहाँले भन्नुभयो, “पोखरी खन्छौँ भनीप्रतिबद्धता जनाएर गएका छन्, अब केही दिनमै पोखरी निर्माण भए नभएको अनुगमन गर्ने योजना बनाएका छौँ जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास शुक्लागण्डकी नगरपालिकास्थित वनजङ्गल आसपास क्षेत्रमा पानीको पोखरी निर्माण गर्न लागिएको हो डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको पन्ध्र वटा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको

उक्त क्षेत्रमा चरीबाघ, चितुवा, स्याल, मृग बँदेल नगण्य देखिएका छन् चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्यालोबनाएर राख्न, घर वरपर झाडी पन्छाउन पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँलेजनाएको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago