म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग

म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब रु साढे ३४ लाख सहयोग गरेका छन्

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई रु ३४लाख ४५ हजार सहयोग प्रदान गरेको हो गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला अन्नपूर्णगाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कलेस्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन्

स्थानीय तह प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते चार जनासुत्केरीलाई रु लाख ८० हजार तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई रु ११ लाख सहयोग गरेको त्यस्तै मालिकागाउँपालिकामा मृतकका परिवार घाइतेलाई रु ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई रु १३ लाख २५ हजार, मङ्गलागाउँपालिकामा १५ घरधुरीलाई रु लाख ७५ हजार, रघुगङ्गा गाउँपालिकामा मृतकका जना परिवारलाई रु ३० हजार तथा उत्तरीम्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार एक जना घाइतेलाई रु ३० हजार एंव पूर्ण क्षति भई विस्थापित भएका१९ परिवारलाई रु दुई लाख ३५ हजार सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताउनुभयो

पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई रु २५ हजार, प्रतिमृतक परिवारलाई रु १० हजार, प्रतिघाइते व्यक्तिलाई रु १० हजार प्रति सुत्केरी महिलालाई रु १० हजारको दरले सहयोग गरिएको उहाँको भनाइ त्यस्तै एकै परिवारमा दुई जनाले ज्यानगुमाएकालाई रु १५ हजार, तीन जनालाई रु २० हजार चार जनालाई रु २५ हजार नगद सहयोग गरिएको बताइएको

सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिकोसहभागिता थियो

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago