समुदायस्तरमा कोराना बढ्दै

किरण कौशल,
पाल्पा । जनप्रतिनिधिहरु सहित समुदायस्तरका कोराना देखिएपछि पाल्पाका स्थानीय सरकारहरुले आफ्ना सेवा तत्कालका लागि रोक्ने निर्णय गरेका छन् । तानसेन नगरपालिकामा एक वडाध्यक्ष र ३ जना वडा सदस्य सहित १९ जना र रम्भा गाउँपालिकामा एक वडाध्यक्ष र १ वडा सदस्य सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय सरकारले सेवा प्रवाह रोक्ने निर्णय गरेका छन् । विहिबार सार्वजनिक रिर्पोट अनुसार समुदायस्तरमा एकपटक २८ जना व्यक्तिमा कोरोना देखिएको हो । यस अगाडी ३१ जना गरी जम्मा ५९ जना व्यक्ति समुदायस्तरका संक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले बताए ।


तानसेन नगरपालिकाले २६ भदौ देखि आश्विन ५ गतेसम्म अति आवश्यक सेवा वाहेक नगरस्तरीय सबै काम रोक्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले बताए । रम्भा गाउँपालिकाले संक्रमित रहेको क्षेत्रमा बन्दाबन्दी गर्ने, वडा नं. ३ सबै सेवा बन्द गर्ने र गाउँपालिका सेवालाई आंशिक रुपमा संचालन गर्ने निर्णय गरेको छ । यता लुम्बिनी मेडिकल कलेजका अध्यक्ष र चालकमा कोरोना संक्रमण देखिएपछि कलेजका २४ जना भन्दा बढी कर्मचारी र स्वास्थ्यकर्मीहरु स्वाब संकलन गरेर होम क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको सेवा प्रवाह आंशिक बन्द गरिएको छ । पाल्पा जिल्ला अस्पतालमा उपचारत एक जना बृद्धमा कोरोना संकम्रण भएपछि भदौं २१ गते देखि अस्पतालको आकास्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । जिल्लामा हालसम्म ६ सय ४० जनामा कोरोना संक्रमण भएको ५ सय ७० जना निको भएका छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago