३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

मैथिल समुदायका आमाहरूको महान लोक पर्व  जितिया पर्व आज सम्पन्न भएको सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनिननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् सप्तमी, अष्टमी नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्यकामनासहित कठोर व्रत गरिने चलन विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दैछोराछोरी दुवैको सुख, शान्ति समृद्धिका लागि व्रत बस्ने गरेका छन्

जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डितहुन नदिने सङ्कल्प गरेका हुन्छन् व्रती सोनादेवी भन्नुहुन्छ, “जिमुतवाहनको कामनामा धेरै शक्ति , यसको नियमपूर्वक पूजा गर्नालेसन्तानको आयु वृद्धि हुनेगरेको विश्वाससहित ३६ घण्टाको व्रत निर्विघ्नतापूर्वक सम्पन्न गरेकी छु

जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ विशेषरूपले आइतबार मङ्गलबारपर्ने जितियालाई अधिक महत्व दिइन्छ यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि पितराइन, रातिकोअन्तिम प्रहरमा ओठगन गर्ने चलन

अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् त्यसपछि व्रतको सङ्कल्पगरिन्छ घरमा आएर डाली भर्ने गरिन्छ डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ जिमुतवाहन देवताको बारेमा कथा सुन्नेगरिन्छ

साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ त्यो पोखरीको डिलमापाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति हाँगामुनि स्यालको आकृति बनाइन्छ त्यहाँ जललेभरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ फलफूल लिएर जिमुतवाहनको व्रती आमाले पूजापाठ गर्दछन

नवमी तिथिका दिन व्रतीले स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्यालको व्यवस्था गर्ने दिवङ्गत महिलालाई नैवेद्यअर्पण गरेर प्रसाद लिई पारण गरी व्रतलाई सम्पन्न गरिने परम्परा रहेको यो व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवताको भएकोबुझिन्छ यसमा जिमुतवाहन नामक लोकदेवताको पूजा गरिन्छ जितिया व्रत गर्नाले सन्तानको दीर्घायु आरोग्य रहनुका साथैखासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago