डोटीमा जीप दुर्घटना : १२ घाइते, दुईको अवस्था गम्भीर

जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन ।

 दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago