पाल्पा । निस्दी गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीपमा सवार २ जना यात्रुको मृत्यु भएको छ । एक जनाको घटनास्थलमा र एक जनाको उपचारकाका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक लक्ष्मी प्रसाद पन्थीले जानकारी दिए ।
निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ करिब साढे ५ बजे दुर्घटनामा परेको थियोे । गल्धाको पटकसर नजिकै जीप दुर्घटना भएको थियोे । गाडीका चालक सहित १० जना सवार रहेका थिए ।
दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी ५ गल्धा पटकसरका ३८ वर्षीय सुमित्रा सारु, ३६ वर्षीय सेरमती सारु, २० वर्षीय लक्ष्मी सारु र ३७ वर्षीय तिलकुमारी सारु रहेका छन । यस्तै निस्दी ४ मित्याल झ्यालटुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्यालका २२ वर्षीय विष्णु माया सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरुको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । बर्षातका कारण बाटो भास्सिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त सडकबाट करिब २ सय मिटर तल रहेको छ । गाडी क्षतविक्षत अवस्थामा रहेको छ । गाडी दुर्घटना पछि फरार भएका चालकको खोजीकार्य भइरहेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम तानसेन देखि ६५ किलोमीटर टाढा रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…