तिनाउ गाउपालिकाले संक्रमण सम्भावित समुदायमा पुगी स्वाव संकलन सुरु ।

सन्ताेष गहतराज, पाल्पा।काेराेना संक्रमणकाे संभावना राेकथामकाे लागि जिल्लाकाे तिनाउ गाउँपालिकाले संक्रमण सम्भावित समुदाय स्तरकाे चाेक तथा बजार क्षेत्रमा पुगी स्वाव संकलन गरि परिक्षणकाे लागि ल्यावमा पठाए छ ।

गाउँपालिकाले वडा न ६ डुम्रे दुग्ध उत्पादन सहकारीका कर्मचारीहरू साथै वडा न ५ का चरचरे,जाेरधारा र केराबारीका गरि ३० जनाकाे स्वाव लिइ परिक्षणकाे लागि पठाइएको र अन्य स्थानबाट समेत स्वाव संकलन गरि परिक्षणकाे लागि पठाउने स्वास्थ शाखा इन्चार्ज कृष्ण कार्कीले बताउनु भयाे । डुम्रे दुग्ध उत्पादन सहकारीका व्यवस्थापक गाेपाल जिसी,चरचरेका स्थानीय व्यापारी विष्णु थापा र जाेरधाराका प्रेम श्रेष्ठले गाउँपालिकाले समुदाय स्तरमा स्तरमा समेत काेराेना संक्रमण परिक्षण गरेकोमा खुशी व्यक्त गर्नुभयाे । स्वाव संकलन  नर्सिङ ईन्चार्ज रिता थापा र ल्याव असिस्टेन्ट बृद्वि गाहा गर्नु भएको थियाे । तिनाउ गाउँपालिकाले यश अघि संभावित जाेखिममा काम गरेका स्वास्थकर्मी,प्रहरी,कर्मचारी, जनप्रतिनिधि तथा क्वारेन्टाइनमा बसेका सबैकाे स्वाव परिक्षण गरिएको र भारतबाट अाएका ८ जनालाई काेराेना संक्रमण देखिएकाे साथै उनिहरूलाई तानसेनमा स्थापना गरिएको  अाइसाेलेसन अस्पतालमा १५ दिन सम्म राखी लक्षण नदेखिएकोले घर पठाइएको गाउँपालिका अध्यक्ष ओम  बहादुर घर्ती मगरले बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago