सन्ताेष गहतराज, पाल्पा।काेराेना संक्रमणकाे संभावना राेकथामकाे लागि जिल्लाकाे तिनाउ गाउँपालिकाले संक्रमण सम्भावित समुदाय स्तरकाे चाेक तथा बजार क्षेत्रमा पुगी स्वाव संकलन गरि परिक्षणकाे लागि ल्यावमा पठाए छ ।
गाउँपालिकाले वडा न ६ डुम्रे दुग्ध उत्पादन सहकारीका कर्मचारीहरू साथै वडा न ५ का चरचरे,जाेरधारा र केराबारीका गरि ३० जनाकाे स्वाव लिइ परिक्षणकाे लागि पठाइएको र अन्य स्थानबाट समेत स्वाव संकलन गरि परिक्षणकाे लागि पठाउने स्वास्थ शाखा इन्चार्ज कृष्ण कार्कीले बताउनु भयाे । डुम्रे दुग्ध उत्पादन सहकारीका व्यवस्थापक गाेपाल जिसी,चरचरेका स्थानीय व्यापारी विष्णु थापा र जाेरधाराका प्रेम श्रेष्ठले गाउँपालिकाले समुदाय स्तरमा स्तरमा समेत काेराेना संक्रमण परिक्षण गरेकोमा खुशी व्यक्त गर्नुभयाे । स्वाव संकलन नर्सिङ ईन्चार्ज रिता थापा र ल्याव असिस्टेन्ट बृद्वि गाहा गर्नु भएको थियाे । तिनाउ गाउँपालिकाले यश अघि संभावित जाेखिममा काम गरेका स्वास्थकर्मी,प्रहरी,कर्मचारी, जनप्रतिनिधि तथा क्वारेन्टाइनमा बसेका सबैकाे स्वाव परिक्षण गरिएको र भारतबाट अाएका ८ जनालाई काेराेना संक्रमण देखिएकाे साथै उनिहरूलाई तानसेनमा स्थापना गरिएको अाइसाेलेसन अस्पतालमा १५ दिन सम्म राखी लक्षण नदेखिएकोले घर पठाइएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…