तिनाउ २ दोभानलाई पूर्ण सरसफाई युक्त वडा बनाउने अभियान

पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिकाको वडा नं. २ दोभानलाई पुर्ण सरसफाई युक्त वडा बनाउने अभियान सुरु भएको छ । वडालाई पूर्ण सरसफाई युक्त बनाउने गरेर अगाडि जानको लागि गाउँका विभिन्न स्थानमा तिनाउ गाउँपालिकाकाे सहयाेग र रेडक्रस पाल्पाको सहकार्यमा डष्टविन, बाल्टी वितरण, सरसफाई सम्बन्धि जनचेतना लगायतका कामहरु गरिएको वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पूर्ण सरसफाईयुक्त वडा बनाउनका लागि सरसफाई सम्पूर्ण सूचकमा वृद्धि गर्नका लागि विभिन्न कामहरु गरिएको त ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले दोभानलाई यस वर्ष पूर्ण सरसफाई युक्त वडा बनाउने गरी बजेट विनियोजन भएको र सोही अनुसार विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो ।

उहाँले पूर्ण सरसफाई अभियानका लागि स्थानीय जनता, महिला समूह, टोल विकास संस्था, स्थानीय समासेवी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

तिनाउ गाउँपालिकाको वडा नं. २ दोभानलाई पुर्ण सरसफाई युक्त वडा बनाउने अभियानमा हातधुन र फाेहाेर व्यस्थापनकाे लागि बाल्टिन र डस्टविन वितरण गरिएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे । हरियाली गाउँ,माहापुर,हापुर,तिनहले,नुवाकाेट,गणेहटाेल,सिस्नेरी,

माहाराबास,सुकेताल लगाएतका ४ सय ९७ घरलाई वितरण गरिएकाे छ ।

तिनाउ २ लाई पुर्ण सरसफाइ युक्त वडा घाेषणा गर्ने कार्यक्रम अन्तर्गत खानेपानी र सरसफाइकाे काम वढी रहदा सबै घरलाई पुग्ने गरी गत वर्ष याे वर्ष हात धुनकाे लागि बाल्टी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अेामबहादुर घर्तीले बताउनुभयाे ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago