दोभानका १६ किसानलाई वडाले नगद पुरस्कार हस्तान्तरण

पाल्पाः तिनाउ गाउँपालिका २ नम्वर वडाको आयोजनामा १६ किसानलाई नगरसहित पुरस्कृत भएका छन् । कृषि तथा पशुपालन गरी नमुना बनेर अरु बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रेरणादायी भूमिका खेलेकोले वडापालिकाले १० हजार रुपैयाँले पुरस्कृत गरेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

चालु आर्थिक वर्ष कृषि तथा पशुपालनमा ६ लाख र पशुपालनमा ३ लाख विनियोजन गरेकोमा थियो । ८ जना किसानलाई स्प्रे र प्लाष्टिक टनेल वितरण गरेको । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले नगद हस्तान्तरण गर्दै सानो लगानीबाट ठूलो उपलब्धी हासिल गर्ने किसानको प्रशसा गर्नुभयो । उहाँले जन्मथलोमा बसेर पनि प्रशस्त आम्दानी गर्न सकिने बताउँदै त्यसका लागि कृषि र पशुपालनमा सबैको आकर्षण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले व्यवसायिक रुपा तरकारी तथा पशुपालन गर्ने किसानलाई गाउँपालिकाले सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । समाजसेवी चक्रब्युह थापाले तिनाउ सरकारले किसानहरुको पक्षमा धेरै राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले वडा नं २ ले झन सदैव कृषि र पशुपालनको क्षेत्रमा उत्साहजनक काम गर्दै आएको बताउनुभयो ।

पुरस्कृत हुने किसानहरु सुर्य बगाले, अनन्तराज पाण्डे, बाबुराम कुमाल लगायतले स्थानीय सरकारकै कारण आफुहरु आत्मनिर्भर बन्न सफल बनेको बताउनुभयो । कृषि तथा पशुपालनबाट गरीवी हटाई आत्मनिर्भर बन्न सकिने हुदाँ गाउँमा बेरोजगार युवाहरुलाई कृषि पेशामा लाग्नुपर्ने सुझाव किसानको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago