पाल्पाः तिनाउ गाउँपालिका २ नम्वर वडाको आयोजनामा १६ किसानलाई नगरसहित पुरस्कृत भएका छन् । कृषि तथा पशुपालन गरी नमुना बनेर अरु बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रेरणादायी भूमिका खेलेकोले वडापालिकाले १० हजार रुपैयाँले पुरस्कृत गरेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।
चालु आर्थिक वर्ष कृषि तथा पशुपालनमा ६ लाख र पशुपालनमा ३ लाख विनियोजन गरेकोमा थियो । ८ जना किसानलाई स्प्रे र प्लाष्टिक टनेल वितरण गरेको । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले नगद हस्तान्तरण गर्दै सानो लगानीबाट ठूलो उपलब्धी हासिल गर्ने किसानको प्रशसा गर्नुभयो । उहाँले जन्मथलोमा बसेर पनि प्रशस्त आम्दानी गर्न सकिने बताउँदै त्यसका लागि कृषि र पशुपालनमा सबैको आकर्षण हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले व्यवसायिक रुपा तरकारी तथा पशुपालन गर्ने किसानलाई गाउँपालिकाले सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । समाजसेवी चक्रब्युह थापाले तिनाउ सरकारले किसानहरुको पक्षमा धेरै राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले वडा नं २ ले झन सदैव कृषि र पशुपालनको क्षेत्रमा उत्साहजनक काम गर्दै आएको बताउनुभयो ।
पुरस्कृत हुने किसानहरु सुर्य बगाले, अनन्तराज पाण्डे, बाबुराम कुमाल लगायतले स्थानीय सरकारकै कारण आफुहरु आत्मनिर्भर बन्न सफल बनेको बताउनुभयो । कृषि तथा पशुपालनबाट गरीवी हटाई आत्मनिर्भर बन्न सकिने हुदाँ गाउँमा बेरोजगार युवाहरुलाई कृषि पेशामा लाग्नुपर्ने सुझाव किसानको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…