बारीका मकै फाैजीकिराले क्षति पुर्‍याएपछि किरा नियन्त्रणको अभियान सुरु

सन्ताेष गहतराज, पाल्पा । अहिले कृषकका खेतवारि हरियाली छन । बारीमा मकै देख्न सकिन्छ । काेराेनाकाे प्रभावले पनि याे बर्ष गाउँमा बाझो रहेका खेतवारि खनजाेत गरि खेती गर्ने अभियान चलेको छ ।
कोरोना महामारीका कारण घरमा बन्दी भएपछि मानिसहरुको रुचि कृषिमा बढिरहेको छ । कृषकको यो जांगर लाई पछिल्लो समयमा कृषि उपजमा लाग्ने विभिन्न रोगले सताएको छ । कृषकले लगाएको मकैबारीमा फाैजी किराले अाक्रमण गरे पछि कृषकहरूले चिन्तित बनेका छन ।


यो अवस्थामा बग्नासकाली गाउँपालिकाले कृषकको राहतका लागि किरा नियन्त्रणगर्ने अभियान चालेको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट १ लाख ५० हजार बजेट छुट्टयाएर मकैमा लागेको किरा नियन्त्रणको लागी क्षतिको आधारमा बिषादी वितरणकाे कार्यलाइ तिव्रता दिएकाे छ । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार कृषकले लगाएको खाद्यान्न बालीमा फौजीकीराले क्षति पुग्याएकाे अवस्थामा खाद्य सुरक्षा र उत्पादकत्व बृद्धि गर्ने उद्धेश्यले क्षति न्युनिकरणका लागि बिषादी वितरण गरिएको छ । अहिले एक त लकडाउनले कृषकहरू बिषादी खरिद गर्न एग्रोभेट सम्म जान सक्ने अवस्थामा नभइरहेको स्थितीमा सहजताका लागि गाउँपालिकाले बिषादी वितरणकाे कार्यलाई तिव्रता दिएको अध्यक्ष बश्यालको भनाइ छ । गाउँपालिकाका कृषि प्राविधिक राजेश बाेहाेराका अनुसार अहिले वगनासकाली गाउँपालिकामा फाैजी किराकाे अाक्मण बढेकोले पालिकाका सबै वडाका कृषि प्राविधिकहरूकाे राेहबरबाट क्षतिकाेकाे अाधारमा नियन्त्रणका विभिन्न विधिहरूका बारेमा जानकारी दिने र अावश्यकताका हेरी नि:शुल्क विषादी वितरण गरिएको जानकारी दिए ।
पाल्पाको धेरै स्थानमा फाैजी किराकाे आक्रमण बढेकाे छ । फाैजी किराले मकैकाे सुईरा खाइदिन्छ र मकैकाे फेदमा गएर बस्ने गर्दछ जसले गर्दा मकै हुर्कन दिदैन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago