वासिङ्टन — अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेना प्रमुखमा जनरल चार्ल्स ब्राउन जुनियरको नाम अनुमोदन गरेको छ । अमेरिकी वायुसेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक हुन् ।
अमेरिकमा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीति विभाजित छ । उक्त तनावबीच सिनेटमा भएको सुनुवाइमा ब्राउनको पक्षमा सर्वसम्मति भएको हो ।
सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको नियुक्ति ऐतिहासिक भएको बताए ।
ब्राउन सन् १९८४ मा अमेरिकी वायुसेनाको अधिकृत बनेका थिए । सन् २०१९ को जनगणनाअनुसार अमेरिकामा सेनामा १७ प्रतिशत अफ्रिकी–अमेरिकी कार्यरत छन् ।
पछिल्लो समय अमेरिकी प्रशान्त वायुसेनाको कमान्डर थिए । वायुसेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका ब्राउन एफ–१६ लडाकु विमान प्रशिक्षकसमेत हुन् । २ हजार ९ सय सैनिक विमान उडाएका उनी कुशल लडाकु विमान पाइलट हुन् ।
एजेन्सी
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…