काठमाडौँ — कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ ।पहिलो उडान कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे र दोस्रो उडान ६ बजे गरेको थियो ।जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना आएका हुन् ।
बिहीबार नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो । उनीहरूलाई मध्यराति विमानस्थल लगिएको थियो र सबै जनाको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको । पहिलो र दोस्रो उडानमा बालबालिका भने थिएनन् । अस्थायी क्याम्पमा ११ जना बालबालिका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…