काकरभिट्टा, ज्ञानेन्द्र निरौला
पुर्वी नेपालको प्रवेशद्वार मेची पुलमा देशको नयाँ नक्सा राखिएको छ । आज बिहान झापा क्षेत्र नं. १ का प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा मेची पुलको नेपाल तर्फ राखिएको नेपालको नयाँ नक्सा अनावरण गर्नु भएको थियो ।
सत्तारुढ दल नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगर र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले संयुक्त रुपमा नयाँ नक्सालाई होडिङ बोर्डमा बनाएर पुर्वी नाकामा राखिएको युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहराले बताउनु भयो ।
मेहराको सभापतित्वमा भएको नक्सा अनावरण कार्यक्रममा प्रदेश सांसद बुढाथोकीले नेपालको भुगोलको वास्तविक नक्सा जारी गरेर सरकारले देशको भौगोलिक अखण्डतालाई सुरक्षीत राखेको बताउनु भयो ।
सांसद मैनालीले नेपालको नक्सामा भएको त्रृटी सरकारले सच्याएकाले नयाँ नक्साका बारेमा आम नेपाली जानकार हुनु पर्ने र नेपाल प्रवेश गर्ने जो कोहीले नेपालको भुगोलका बारेमा थाहा पाउनु पर्ने बताउनु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…