निरन्तर खाद्यान्न बाड्दै मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट ।

नारायण प्रभु , २८ वैशाख , नवलपुर । खाद्यान्नको अभावमा कोहि भोकै बस्नु नपर्ने संरक्षक श्रेस्ठ ले बताउनुभयो । लकडाउनको समयमा मोनिका श्रेस्ठ मेमोरियल ट्रस्ट नवलपुरले निरन्तर खाद्यान्न वितरण गरिरहेको छ।आज कावासोती ११ र १२ मा रहेका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। दैनिक मजदुरी गरि गुजारा चलाउने दुबै वडाका २५ घरपरिवारलाई  खाद्यान्न वितरण गरेको हो।

सेवा नै धर्म हो भन्ने मुल उद्देश्य बोकेको यस संस्थाले गरेको कार्यबाट प्रभावित भएर आजको कार्यक्रमलाई काठमाण्डौ  बनस्थली १६ निवासी राजु श्रेष्ठले ट्रस्टलाई रु.२५००० सहयोग गर्नु भएको छ। विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना)कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो। ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको छ भने अहिले लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो।यसअघि पनि कावासोति ५,६,र १ नं.वडाका केही स्थानहरुमा बितरण गरिएको उहाँले बताउनु भयो।सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती ११ र १२ मा आज बितरण गरिएको कार्यक्रममा समाजसेवी श्याम श्रेष्ठ,लालचन श्रेष्ठ,नेपाली काङ्ग्रेस वडा नं.११का सभापति राम प्रसाद रिजाल, एम.डि.कंडेल ,गायक राजन गुरुङ,प्रवीण पौडेल, सागर गुरुङ लगाएतको उपस्थिती रहेको थियो। ट्रस्टको बारेमा जानकारी गराउदै संरक्षक लालचन श्रेष्ठले लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने ९८५७०४०८९०मा फोन गरेर सहयोग लिन सकिने जानकारी गराउनु भएको छ।साथै यस संस्थामा सहयोग गर्न चाहनेले पनि उक्त नम्बरमा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago