निरन्तर खाद्यान्न बाड्दै मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट ।

नारायण प्रभु , २८ वैशाख , नवलपुर । खाद्यान्नको अभावमा कोहि भोकै बस्नु नपर्ने संरक्षक श्रेस्ठ ले बताउनुभयो । लकडाउनको समयमा मोनिका श्रेस्ठ मेमोरियल ट्रस्ट नवलपुरले निरन्तर खाद्यान्न वितरण गरिरहेको छ।आज कावासोती ११ र १२ मा रहेका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। दैनिक मजदुरी गरि गुजारा चलाउने दुबै वडाका २५ घरपरिवारलाई  खाद्यान्न वितरण गरेको हो।

सेवा नै धर्म हो भन्ने मुल उद्देश्य बोकेको यस संस्थाले गरेको कार्यबाट प्रभावित भएर आजको कार्यक्रमलाई काठमाण्डौ  बनस्थली १६ निवासी राजु श्रेष्ठले ट्रस्टलाई रु.२५००० सहयोग गर्नु भएको छ। विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना)कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो। ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको छ भने अहिले लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो।यसअघि पनि कावासोति ५,६,र १ नं.वडाका केही स्थानहरुमा बितरण गरिएको उहाँले बताउनु भयो।सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती ११ र १२ मा आज बितरण गरिएको कार्यक्रममा समाजसेवी श्याम श्रेष्ठ,लालचन श्रेष्ठ,नेपाली काङ्ग्रेस वडा नं.११का सभापति राम प्रसाद रिजाल, एम.डि.कंडेल ,गायक राजन गुरुङ,प्रवीण पौडेल, सागर गुरुङ लगाएतको उपस्थिती रहेको थियो। ट्रस्टको बारेमा जानकारी गराउदै संरक्षक लालचन श्रेष्ठले लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने ९८५७०४०८९०मा फोन गरेर सहयोग लिन सकिने जानकारी गराउनु भएको छ।साथै यस संस्थामा सहयोग गर्न चाहनेले पनि उक्त नम्बरमा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago