यामाहाको प्रिमियम मोटरसाइकल, १२५ सीसीमा यस्ता छन् विशेषता

मोटरसाइकलले एमटी सिरिजमा नयाँ मोटरसाइकल एमटी १२५ यूरोपबाट सार्वजनिक गरेको छ । भारतमा कम्पनीले उक्त मोटरसाइकल अहिले उत्पादन गर्ने वा नगर्ने भन्ने विषयमा केही जानकारी दिएको छैन ।

पछिल्ला दिनमा नयाँ डिजाइन र स्टाइलका मोटरसाइकल उत्पादनलाई तिब्रता दिदै आएको यामाहो एमटी सिरिजमा एकपछि अर्को मोटरसाइकल बनाउँदै आएको छ ।

कम्पनीले १५५ सीसी क्षमताको एमटी १५ गतवर्ष नेपालमा पनि सार्वजनिक गरेको थियो । साथै, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एमटी २५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संभवत आगामी जुनसम्ममा यसलाई बजारमा उतार्ने छ ।

कम्पनीले एमटी १२५ को नयाँ जेनेरेशन मोडलमा सिग्नेचर एलइडी पाइलट ल्याम्प, वाइ फङ्गसनल एलइडी हेड ल्याम्प दिइएको छ । नयाँ एमटी १२५ मा दिइएको सस्पेन्सन, च्याचिस, ब्रेक र अन्य थुप्रै पार्टस एमटी १५ बाट लिइएको छ ।

कम्पनीले नयाँ एमटी १२५ मा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिएको छ । जुन भीभीए टेक्नोलोजीमा आधारित रहेको छ । ६ स्पीड गियरबक्समा आएको यो मोटरसाइकलमा दिइएको इन्जिनले अधिकतम पावर १४.७ बीएच र पिक टर्क १२.४ एनएम जेनेरेट गर्छ ।

एमटी १२५ को अगाडि इन्भटेड र पछाडि मोनोसक दिइएको छ । मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएसले मोटरसाइकलाई निकै सुरक्षीत बनाएको छ ।

१७ इन्चको अलोय ह्वील, फुल डिजिटल एलसीडी क्लस्टर, नेभिगेसन डिस्प्ले र आरामदायी स्प्लीट सिटले यो मोटरसाइकललाई निकै आकर्षक बनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago