पत्रकारका लागि मासिक चार हजार पेन्सन

वाग्मती। नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागिमासिक रु चार हजारका दरले पेन्सन दिने भएको सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर  शाखामा आबद्धपत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको बताइएको पत्रकार महासङ्घ मकवानपुर शाखाका अनुसार  कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक रु चार हजारको दरले पेन्सनदिनका लागि थप प्रक्रिया कार्य अघि बढाइएको हो

पेन्सन दिनका लागि यसअगावै हेटौँडा उपमहानगरपालिकाले कोषमा रु १० लाख उपलब्ध गराइसकको उक्त रकम पत्रकारमहासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा जम्मा गरिएको यही बैंकमा यसअघि मुद्दति खातामारहेको रु दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने उपमहानगरपालिकाले कोषका लागि दिएको रु १० लाखको ब्याज रकमबाट पेन्सनदिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागार्इंले बताउनुभयो पेन्सनसम्बन्धी कार्यविधिलाई महासङ्घको यहीमङ्सिर २६ गतेको साधारणसभाले पारित गर्नेछ

महासङ्घ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको हो लगातारकम्तीमा २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिनलागिएको हो

राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनै पनि सङ्घ संस्था, गैरसरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताउनुभयो ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन कागजपत्रका आधारमा सिफारिस गरिने सिफारिसका लागि पत्रकार महासङ्घ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासङ्घ मकवानपुर शाखाकोपूर्वअध्यक्षहरुमध्येबाट एक जना सदस्य पत्रकार महासङ्घ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्थागरिएको

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमामासिक लगत कट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरको सदस्यले महासङ्घ मकवानपुर शाखालाई जानकारी दिनुपर्नेनियम बनाइएको मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वामहासङ्घको जानकारीमा आएमा लगत कट्टा गरिने महासङ्घ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताउनुभयो

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासङ्घ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर २० वर्षपत्रकारितालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी कम्पनीमा काम गरेरनियमित सरकारी पेन्सन रकम नलिएको उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने ६० वर्ष उमेरपछि सक्रियपत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्ने उहाँले बताउनुभयो

पेन्सन कोषको सञ्चालन महासङ्घ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृसंस्था, विभिन्न व्यक्ति सङ्घ, सस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राखिने नेपाल पत्रकार महासङ्घ मकवानुर शाखामाहाल १०३ जना साधारण सदस्य छन् भने यस वर्ष ६० जनालाई नयाँ सदस्यता वितरणका लागि लागि प्रदेश महासङ्घमा सिफारिसगरिएको शाखाले जनाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago