नेकपा नेता लामाको मृत्युप्रति अध्यक्ष दाहालद्वारा दु:ख व्यक्त

काठमाडौं,  मंसिर २५ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-राजदूत कमान सिंह लामाको मृत्युप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन्। अध्यक्ष दाहालले बिहीबार एक शोक वक्तव्य जारी गर्दैै दुख व्यक्त गरेका हुन्।

फाइल फोटो

‘कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाबाट भएको थियो। २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो’ भनिएको छ, ‘२०६३ सालमा पुनःस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो।’

उनले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष दाहालले बताएका छन्। हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको उनले बताए। जुझारु बौद्धिक व्यक्तित्वका धनी लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न अभावको महशुस गरेको प्रष्ट्याए।

‘दिवंगत कमरेड लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’ भनेका छन्।कोरोना संक्रमणको क्रममा उपचारमा पूर्वराजदूत लामाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत मृत्यु भएको थियो। भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको हो। लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए।२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद भएका थिए। लामाको दुई श्रीमती, १ छोरा र ४ छोरीहरू छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago