नेकपा नेता लामाको मृत्युप्रति अध्यक्ष दाहालद्वारा दु:ख व्यक्त

काठमाडौं,  मंसिर २५ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-राजदूत कमान सिंह लामाको मृत्युप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन्। अध्यक्ष दाहालले बिहीबार एक शोक वक्तव्य जारी गर्दैै दुख व्यक्त गरेका हुन्।

फाइल फोटो

‘कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाबाट भएको थियो। २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो’ भनिएको छ, ‘२०६३ सालमा पुनःस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो।’

उनले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष दाहालले बताएका छन्। हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको उनले बताए। जुझारु बौद्धिक व्यक्तित्वका धनी लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न अभावको महशुस गरेको प्रष्ट्याए।

‘दिवंगत कमरेड लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’ भनेका छन्।कोरोना संक्रमणको क्रममा उपचारमा पूर्वराजदूत लामाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत मृत्यु भएको थियो। भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको हो। लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए।२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद भएका थिए। लामाको दुई श्रीमती, १ छोरा र ४ छोरीहरू छन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago