सादगी र इमान्दार नेता गुमायौँः नेपाल

काठमाडौं।नख्खु कारागार तोडेर उम्किन सफल राजनीतिकर्मी वीरबहादुर  लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेतामाधवकुमार नेपालले कम्युनिष्ट पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको तत्कालीन नेकपा(एमाले)का केन्द्रीयसल्लाहकार   केन्द्रीय कमिटी सदस्य तथा नेपाल लोकतान्त्रिक तामाङ संघका संस्थापक अध्यक्ष लामा तत्कालीन कोअर्डिनेशन केन्द्र, माले हुँदै झापा आन्दोलनका मोर्चामा सहभागी हुनुभएको थियो   पुराना कम्युनिष्ट नेता लामा नेपाली राजनीतिमा २०३३ साल चैत १२गते राति भएकोेनख्खु जेलब्रेकको घटनाका मुख्य व्यक्तित्व हुुनुहुन्थ्यो तत्कालीन नेकपा(एमाले)का नेता लामाको आइतबारपाटन अस्पतालमा उपचारका क्रममा ७० वर्षका उमेरमा निधन भएको हो

उहाँको शव काठमाडौंँको स्वयम्भूस्थित गुम्बामा राखिएको रोजगारीका लागि खाडी मुलुक गएका कान्छा छोरा कुन्साङ आएपछिबुधबार मात्रै उहाँको लामा परम्परानुसार अन्त्येष्टि गरिने जनाइएको   स्वयम्भूमा आयोजित शोेकसभामा नेता नेपालले स्वलामाप्रति अन्तिम श्रद्धाञ्जलि तथा परिवारमा समवेदना प्रकट गर्दै उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक सादगी इमान्दारव्यक्ति गुमाएको धारणा राख्नुभयो श्रद्धाञ्जलि कार्यक्रममा नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डे, माधवप्रसाद पौडेल, केन्द्रीय सदस्यनीरज आचार्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपाध्यक्ष पासाङ शेर्पा, सचिव रामचन्द्र बल, नेकपा मकवानपुरकानेता तथा स्व वीरबहादुरका ज्वाइँ जीवन लामालगायत सहभागी हुनुहुन्थ्यो

चवालीस वर्षअघि नख्खु कारागार तोडेर भाग्नेमध्येका एक लामा दुई वर्षदेखि उच्च रक्तचाप मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो   लामाले दुवै मिर्गौलाले काम गर्न छाडेपछि  नियमित डायलसिस गराइरहनुभएको थियो विसं २०३३ चैत १२ गते उहाँसहित तत्कालीनमालेका महासचिव सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, माधवप्रसाद पौडेल, नारद वाग्लेलगायत १५ जना कारागार तोडीभाग्नुभएको थियो उहाँहरुमध्ये १३ जना फाखेल मकवानपुरस्थित  सलेमले डाँडाको जंगलमा एक महिनासम्म लुकेर बस्नुभएकोथियो  लामाकै अग्रसरतामा नख्खु कारागारमा रातारात सुरुङ खन्ने काम भएको थियो   महासचिव मैनालीको निर्देशनअनुसार लामा पौडेलले सुरुङ खन्न थालेपछि अरूले पनि  साथ दिनुभएको थियो लामा रातभर सुरुङ खन्ने काममा खटिनुहुन्थ्यो   दिनभरसुत्नुहुन्थ्योे एक महिनामा ६५ हात लामो सुरुङ खनेपछि त्यहींँबाट उहाँहरु भाग्नुभएको थियो

आफ्नो विचार हक्कीसाथ राख्ने लामालाई २०३२ वैशाख १९ मा अन्तरराष्ट्रिय मे दिवसका दिन प्रहरीले काठमाडौंँबाट पक्राउ गरेकोथियो झापा संघर्षको समर्थन गर्दै राजतन्त्रको विरोध गणतन्त्रको पक्षमा पर्चा छर्ने क्रममा उहाँ समातिनुभएको थियो उक्त पर्चाकाठमाडाँैंस्थित नेपाल कोरीया मैत्री संघको कार्यालयमा तयार गरिएको थियो पक्राउ पर्नुअघि लामा मैत्री संघमा कार्यालयसहयोगीका रुपमा जागिरे हुनुहुन्थ्यो प्रदीप नेपाल,  पाण्डे,  पौडेल,  शाक्यलगायत मिलेर मुस्लो समूह नामको संगठन खोल्नुभएकोथियो त्यही संगठनका नाममा काठमाडौंमा पर्चा छरिएको थियो पर्चा छरेकै कारण अदालतले लामालाई पाँच वर्ष कैद रु पाँच  हजार  जरिवाना गरेको थियो कैद भुक्तानी गर्ने क्रममा नै भद्रगोल कारागार हुँदै पौडेल, नेपालसहित लामालाई पनि नख्खु कारागारपु¥याइयो त्यहीं मैनालीलगायत अरू नेतासँग लामाको भेट भएको थियो लामाकै अगुवाइमा २०३७ सालमा फाखेलमा बसेकोमालेको केन्द्रीय समिति बैठकले क्रान्तिको नयाँ कार्यदिशा पारित गरेको थियो

लामा २०४९ मा मकवानपुर जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो उहाँकै पहलमा कुलेखानी, फाखेलफर्पिङ सडक निर्माणभएको हो भीमफेदी हुँदै कुलेखानीसम्म १६ किमी सडक नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको थियो उक्त सडकमा प्राधिकरणकाबाहेक अन्य सवारी चल्न पाउँदैनथे लामाको अगुवाइमा उक्त सडक सबैका लागि सहज पारिएको थियो विसं २०५६ कोप्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं बाट लामा निर्वाचित हुनुभएको थियो जिविस सभापति सांसद हुँदा पनि उहाँकोआर्थिक जीवनमा कुनै परिवर्तन भएन अर्थाभावकै कारण उपचार गर्नसमेत समस्या भयो पछिल्लो पटक अस्पतालले बेहोश भएपछिमात्र भर्ना लियो, जुन बेला उहाँको अवस्था जटिल भइसकेको थियो परिवारले उपचारमा सहयोग गरिदिन सरकार विभागीयमन्त्रीसंग अनुनय गरेका थिए

पछिल्लो पटक चार पटक कोरोना नेगेटिभ रिपोर्ट आएपछि मात्र अस्पतालले जटिल स्वास्थ्यावस्था भनी सघन उपचार कक्षमा भर्ना लियो अन्ततः आइतबार बिहान बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरे विसं २०६८ मा अशोककुमार राईसंगै  एमाले छाडेर संघीयसमाजवादी पार्टीमा लाग्नुभएका उहाँ पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्नथ्यो त्यहाँ पनि सन्तुष्ट हुन नसकेपछि उहाँ सबै दलछाडेर स्वतन्त्र वामका हैसियतमा रहनुभएको थियो पछिल्लो पटकजीवनको उत्तराद्र्धमा पुरानै पार्टीमा फर्कर्ने मन भएकोभनीनिकटवर्तीसँग उहाँले बताउँदै आउनुभएको पत्रकार शन्तराम बिंडारीले जानकारी दिनुभयो

सादा जीवन   उच्च विचारका हिमायती उहाँ इमानदार नेताका रुपमा परिचित हुनुहुन्थ्यो कम्युनिष्ट भएर सुविधाभोगी हुनुहुँदैन भन्नेमान्यता उहाँको थियो

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago