विराटनगर। पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४महिला र १९१ जना पुरुष छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमातीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुई/दुई, इलाम र पाँचथरमा एक/एक र प्रदेश बाहिरका १३ जना रहेकोसामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा१५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षणभइसकेको मन्त्रालयले जनाएको छ । आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्जभएको मन्त्रालयले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…