सूचना महामार्गको काममा ढिलाइ नगर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर अप्टिकल फाइबर (सूचना महामार्ग) बिच्छ्याउने कार्यलाई तोकिएको समयमासम्पन्न गराइने बताउनुभएको नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा आज निरीक्षणका क्रममा उहाँले देशैभर उच्च गतिकोब्रोडब्याड इन्टरनेको पहुँच पु¥याउँदैडिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ शुरु गरिएको सो परियोजनालाई निर्धारितसमयमै सम्पन्न गर्न सरकारका तर्फबाट सहयोग गर्ने बताउनुभएको हो

  तीन वटा प्याकेजमा विभाजन गरी निर्माण शुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश , बामती तथा कर्णाली सुदूरपश्चिममाअप्टिकल फाइबर बिच्छयाउने काम भइरहेको गण्डकी लुम्बिनी प्रदेशमा फाइबर बिच्छ्याउने कार्य अगाडि बढ्न सकेको छैन उक्त क्षेत्रमा फाइबर बिछ्याउने जिम्मेवारी पाएको युनाइटेड टेलिकमले सम्झौताअनुसार काम नगरेपछि प्रधिकरणले ठेक्का रद्द गरे पनिसर्वोच्च अदालतले ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै काम अवरुद्ध भएको यो कसैको व्यक्तिगतहितका लागि होइन, समृद्ध नेपाल निर्माण गर्न शुरु गरिएको हो यसमा कसैको असहयोग हुनु हुँदैन मन्त्री गुरुङले भन्नुभयो

   उहाँले सूचना प्रविधको प्रयोग गरी समाजलाई अराजक अवस्थामा पु¥याउन उद्धतविषयवस्तुलाई नियन्त्रण गर्ने स्पष्टकार्ययोजना बनाउन प्राधिकरणको नेतृत्वलाई निर्देशन दिनुभयो उहाँले भ्रामक सूचना दिने, व्यक्तिगत चरित्र हत्या गर्ने समाजमा द्वन्द्वसिर्जना गर्ने भ्रमपूर्ण विषयवस्तु नियन्त्रण गर्ने कार्ययोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न दिँदै भन्नुभयो, “दर्ता नभईसञ्चालनमा आएका सामाजिक सञ्जाललाई नियमन गर्नुपर्छ, विदेशमा बसेर नेपालका सम्बन्धमा भ्रामक अफवाह फैलाउने कामरोक्नुपर्छ

   कोरोना भाइरसको प्रभावका कारण भौतिकरुपमा विद्यालयमा उपस्थित भएर अध्ययन÷अध्यापन गर्ने वतावरण अझै नबनेकोजनाउँदै उहाँले सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सुविधा पु¥याउन निर्देशन दिनुभयो अब कुनै पनि विद्यालय, स्वास्थ्यचौकी, वडाकार्यालयलगायत निकायमा इन्टरनेट नभएको गुनासो आउनुभएन”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा सेवा पु¥याएको तर, गुणस्तरीयसेवा नपुगेको हुनसक्छ, यो दुर्भाग्य हो, यतातर्फ प्राधिकरणको ध्यान जान जरुरी

  मन्त्री गुरुङले वर्तमान स्थितिमा इन्टरनेट महत्वपूर्ण साधन बन्दै गइरहेको भन्दै  उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय भरपर्दो सेवाउपलब्ध गराउनेतर्फ प्राधिकरणको ध्यान जानुपर्ने बताउनुभयो समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सूचनाप्रविधिको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

    इन्टरनेटमा आधारित टेलिभिजनमार्फतक्लिनफिडनीति कार्यान्वयनमा चुनौती देखिन सक्ने भन्दै उहाँले क्लिनफिडलाई पूर्णरुपमाकार्यान्वयन गर्न पनि प्राधिकरणको मुख्य भूमिका भएको बताउनुभयो उहाँले बदलिँदो परिस्थितिअनुसारको दीर्घकालीन रणनीतिककार्ययोजना बनाउन पनि निर्देशन दिनुभयो मन्त्री गुरुङले प्राधिकरण नेपाल दूरसञ्चार कम्पनीबीच आवश्यक समन्वय गरी दूरसञ्चारपूर्वाधारमा लगानी गर्न सुझाव दिनुभयो

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यसम्पादन सम्झौताअनुसारका काम तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो उहाँले   दूरसञ्चारका क्षेत्रमा विकसित प्रविधि भित्रयाएर जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नेतर्फ प्राधिकरणको ध्यान जानुपर्नेमा जोडदिँदै उहाँले मोबाइल सेवालाई थप व्यवस्थित गुणस्तरीय बनाउन निर्देशन दिनुभयो प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललेप्राधिकरणबाट सम्पादित काम तथा दूरसञ्चार क्षेत्रमा रहेका समस्या समाधानका उपाय, भावी रणनीति कार्यदिशाका बारेमा जानकारीगराउनुभएको थियो

Comments
sp sp

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago