दीपावली र छठ गरिब किसान र श्रमजीवीका लागि अवसर

महोत्तरी। सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली  छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको गरिबकिसानका उत्पादनले महत्व पाउने श्रमजीवीलाई पर्व विशेषसँग जोडिएका विभिन्न काम पाउने हुनाले यो पर्व खास अवसरसमेत बन्नेगरेको हो

गरिब किसानका घर करेसाबारीमा लगाइएका पूm, अदुवा, ज्यामिर केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानहरूले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन यस प्रयोजनका लागिघरकरेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने गरेका छन्

खासमा केराको झ्याङमा एक बोटमा तीन वटाभन्दा बढी कोथा राख्नु हुँदैन, बढी भएका कोथा छासेर फ्याँक्नुपर्छ”, महोत्तरीको भङ्गाहानगरपालिका रामनगरका गरिब किसान बृजनन्दन राय दनुवार भन्नुहुन्छ, “यो कोथा छास्ने काम हामी दीवाली (तिहार पर्वलाई मैथिलजनबोलीलेदिवाली लेख्दादीपावलीहुन्छ) मुखमा गर्छौँ, सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ केराका थामका लागि केही दिनपहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन लक्ष्मीपूजाको एक दिन पहिले चोकबजारमा केराका थामको बजार नैलाग्ने गरेको

केरा फल कोथा दुवैको माग हुने दीपावली केराका घरी नै छठपर्वमा कतिपयको भाकल हुने गर्छ दीपावली छठ सँगसँगै जसोपर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको यसबाहेक ज्यामिर, बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि दुवैपर्वका पूजा सामग्री हुन् थोरै जग्गा हुने गरिब किसानले आफ्नो घरकरेसामा लगाएका यी वनस्पतिबाट पर्वको अवसरमा राम्रो आर्जनगर्ने गरेका छन्

यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु अन्य चोयाबाट बन्ने सामग्री माटाकाभाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला दीयो बाल्ने दियौरी (पाला) दीपावली छठपर्वका खाससामग्री हुन् अरु बेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम विन एवं  माटाका भाँडाबनाउने कुम्हाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको दुवै पर्वको आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नोसीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् पर्वमा घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्नेगरेको

हिन्दू वैदिक परम्पराका यी पर्व कृषिसँग अभिन्न रूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् मुख्य खेती लगाउने समयसकिएको नयाँ बाली भित्र्याउने समयअघि पर्ने यी पर्व धनी गरिब सबैका लागि खुशीको अवसर हुने गरेको पाका मैथिल बर्दिवास का६५ वर्षीय वीरेन्द्र झा बताउनुहुन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago