विद्युतगृह निर्माणको काम प्रभावित

तनहुँको ऋषिङ गाउँपालिका झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछिविद्युतगृह निर्माणको काम प्रभावित भएको हो

कोरोना परीक्षणका लागि पिसिआर गर्नुपर्ने माग सहित मजदुर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको तनहुँजलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो आयोजनाका एक मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछिसबै मजदुर परिवारको पिसिआर परीक्षण गर्न माग गर्दै मजदुर आन्दोलित भएका छन्

विद्युतगृह निर्माणको काम चलिरहेको बेला एक्कासी मजदुर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको ”, घिमिरेले भन्नुभयो, “काम नियमित गराउनका लागि पहल गरिरहेका छौ शुक्रबार दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम्पमा फर्किएका छन् भनेशनिबार पुनः छलफलको तयारी गरिएको आयोजना प्रमुख घिमिरेका अनुसार शनिबार यस क्षेत्रका जनप्रतिनिधि, निर्माण कम्पनी, मजदुरलाई राखेर मागका विषयमा सहमति गराउने प्रयास गरिनेछ

नजिकको सम्पर्कमा रहेकाहरुको पिसीआर परीक्षण गर्न सकिने भएपनि सबै मजदुर परिवारको पिसीआर परीक्षण सम्भव नरहेकोस्वास्थ्य कार्यालयबाट जानकारी पाएका छौ”, उहाँले भन्नुभयो, “तैपनि के गर्न सकिन्छ छलफल गरेर विवाद टुङ्गाई काम सुचारु गर्नपहल गरिरहेका छौ

आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको विद्यृतगृह निर्माणका लागि सय ८८ मिटर केवलटनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको

एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि सुचारु रहेको घिमिरेले जानकारीदिनुभयो घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ उक्त कामको ठेक्काभारतीय कम्पनी केइसीले पाएको

प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माणगरिनेछ प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेकोआयोजनाले जनाएको पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी सोङ्दाभियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदीफर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार सय ६२ मिटर ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटरचौडाई ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९०मेगावाट वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago