काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने भएको छ। प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र, श्रम र पर्यटन मन्त्रीबीच अन्तर्राष्ट्रिय उडान थप गर्ने सहमति भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।
उनका अनुसार, पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउनेगरी नियमित उडान भएका मुलुकमा थप उडानको माग भए अनुमति दिइनेछ। कुनै कम्पनीले कम्पनीकै खर्चमा नेपाली कामदार नेपाल फर्काउने चाहेमा त्यस्ताहरुलाई प्राथमिकतामा राखिने मन्त्री भट्टराईले बताए।
श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग् समन्वयको व्यवस्था मिलाउनुपर्नेछ। नियमित उडान नभएका मुलुकहरुबाट पनि माग भए उडान गरिने भएको छ। तर, यात्रुको कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्नेछ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…