पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय उडान थप गर्ने ।

काठमाडौं ।  सरकारले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने भएको छ। प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र, श्रम र पर्यटन मन्त्रीबीच अन्तर्राष्ट्रिय उडान थप गर्ने सहमति भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।

उनका अनुसार, पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउनेगरी नियमित उडान भएका मुलुकमा थप उडानको माग भए अनुमति दिइनेछ। कुनै कम्पनीले कम्पनीकै खर्चमा नेपाली कामदार नेपाल फर्काउने चाहेमा त्यस्ताहरुलाई प्राथमिकतामा राखिने मन्त्री भट्टराईले बताए।

श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग् समन्वयको व्यवस्था मिलाउनुपर्नेछ। नियमित उडान नभएका मुलुकहरुबाट पनि माग भए उडान गरिने भएको छ। तर, यात्रुको कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्नेछ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago