काठमाडौं । अन्ततः गूगलले आफ्नो पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड इलाभेन सार्वजनिक गरेको छ । याे अपरेटिङ सिस्टम गूगलकाे पिक्सेल टू र त्यसमाथिका स्मार्टफाेनका साथमा वानप्लस, साओमी, ओप्पो, रियलमी लगायतका फाेनका प्रयोगकर्ताहरुले प्रयाेग गर्न पाउनेछन् ।
तपाईंले केही वर्षदेखि आँकलन गरेका धेरै फिचरहरू त एन्ड्रोइड इलाभेनमा छैनन् । तर मेसेजिङ, प्राइभेसी र स्मार्ट डिभाइसमा कन्ट्रोल गर्न दिने फिचरहरु यसले दिएकाे छ ।
यसअन्तर्गत पिक्सेल टू, थ्री, थ्री ए, फोर र फोर ए मा नयाँ अपरेटिङ सिस्टम प्रयाेग गर्न सकिन्छ । उत्तर अमेरिका, युरोप र भारतमा वानप्लस एट र एट प्रोमा प्रयाेग गर्न सकिन्छ । ओप्पोका एक्सटु र रेनो थ्रीका साथमा रियलमीको एक्स फिफ्टी प्रो र साओमीकाे मी एमआई टेन र एमआई टेन प्रो मा पनि एन्ड्राेइड इलाभेन अपडेट गर्न सकिन्छ ।
प्रयोगकर्ताका लागि नयाँ लाग्ने केही फिचरहरु यस्ता छन्, जसले दैनिक जीवनमा निकै महत्व राख्छन् । मेसेजिङ एप चलाउन निकै सरल बनाएकाे एन्ड्राेइड इलाभेनले प्रयाेगकर्ताकाे गाेपनियतालाई ध्यान दिँदै अपडेटेड फिचर ल्याएकाे छ । साथमा फाेनबाटै स्मार्ट डिभाइसमा कन्ट्रोल गर्न नयाँ फिचरहरु याे अपरेटिङ सिस्टमले दिनेछ ।
१. यो एपमा धेरै मेसेजिङ एपहरुलाई एकै ठाउँमा राख्न सकिने फिचर छ । यसअन्तर्गत म्यासेजिङ एपमा भएका कुराकानी (टेक्स्ट कन्भर्सेसन) नोटिफिकेसन सेक्सनको डेडिकेटेड स्पेसमा लैजान सकिन्छ । यसकारण एकै ठाउँबाट तपाईंले कन्भरसेसनलाई म्यानेज गर्न सक्नुहुन्छ ।
तपाईंले आफ्ना महत्वपूर्ण व्यक्तिहरुको म्यासेज नछुटोस् भन्नका लागि प्राथमिकतामा त्यस्ता कन्भरसेसन राख्न समेत सक्नुहुन्छ ।
२. यस्तै एन्ड्रोइड अपरेटिङ सिस्टमकाे नयाँ अपडेटमा ‘बबल्स’ फिचर उपलब्ध छ, जुन तपाईंको डिभाइसमा मल्टी टास्किङ फिचर हाे । याे फिचरका कारण कुनै एपमा मेसेज आउँदा फेसबुक मेसेन्जर जस्तै आफूले चलाइरहेको एप बन्द नगरिकनै रिप्लाई दिन मिल्छ । बबल्स ड्र्याग गरेकै आधारमा तपाईंले धेरै काम छिटो गर्न सक्नुहुन्छ ।
३. अन्ततः गूगलले यसमा ब्युल्ट-ईन स्क्रीन रेकर्डिङ फिचर ल्याएकाे छ । अब तपाईंले आफ्नो फोनमा के भइरहेको छ भनेर स्क्रीन क्याप्चर गर्न वा रेकर्ड गर्न सक्नुहुन्छ र यसलाई शेयर गर्न सक्नुहुन्छ ।
४. अब तपाईंले फाेनकाे पावर बटनमा प्रेस गरेकै भरमा कन्ट्राेल स्क्रीन ल्याउन सक्नुहुन्छ र स्मार्ट डिभाइसहरुमा एक्सेस गर्न सक्नुहुन्छ । कुनै मल्टिपल एपहरु नखोलिकनै तपाईंले आफ्ना कनेक्टेड डिभाइसहरु नियन्त्रण गर्न सक्नुहुन्छ ।
५. एन्ड्राेइड इलाभेनबाट सञ्चालित माेबाइलमा वायरलेस रूपमै एन्ड्राेइड अटाेले काम गर्नेछ । गूगल असिस्टेन्टकाे सहयाेग लिएर तपाईंले म्यापकाे डिरेक्सन प्राप्त गर्न, बोलेरै टेक्स्ट पठाउन र आफ्नो मनपर्ने मिडिया (अडियाे/भिडियाे) प्ले गर्न सक्नुहुन्छ ।
६. एन्ड्राेइड इलाभेनमा मिडिया कन्ट्राेलकाे फिचर परिमार्जित रूपमा आएकाे छ, जसका कारण याे फिचर पहिलेभन्दा थप सहयाेगी बन्न सक्छ । यसबाट प्ले भइरहेकाे मिडिया तपाईं सजिलै स्वीच गर्न सक्नुहुन्छ । साथमा यसले नाेटिफिकेशन शेडबाट एकदमै छिटाे आउटपुट अडियाे छान्ने सुविधा दिएकाे छ।
७. माइक्रोफोन, क्यामेरा, लोकेसन आदिका लागि एकपटक अनुमति लिएर मात्रै एक्सेस गर्न मिल्ने सुविधा दिइएकाे छ । जसका कारण अर्काेपटक एप चलाउँदा अनुमतिका लागि अनुराेध गर्दछ । अप्रुभ गरेपछि मात्रै यी एप चलाउन मिल्नेछ । यसले गर्दा अन्य व्यक्तिले तपाईंकाे एपमा सहजै प्रवेश पाउन सक्ने छैनन् ।
८. यदि तपाईंले आफ्नो डिभाइसमा कुनै एप इन्स्टल गरेपनि प्रयोग गर्नुभएको छैन भने पक्कै पनि तपाईंले याे एपबाट आफ्नो डेटा एक्सेस नहाेस् भन्ने चाहनुहुन्छ । अब ‘अटो-रिसेट’काे सहयाेगले तपाईंले प्रयोग नगरिरहेका एपकाे सूचना प्राप्त गर्न सक्नुहुन्छ । यस्ता प्रयोग नगरिएका एपकाे सुविधा प्रयोग गर्नपरे पुनः अनुमति लिनुपर्ने हुन्छ ।
९. गूगल प्ले सिस्टम अपडेट माेड्युलमा आएकाे फिचरका कारण तपाईंको फोन सधैं सुरक्षित राख्न, गाेपनीयता कायम गर्न र अपडेटेड गरिरहन सक्नुहुन्छ । यसले कुनै समस्याकाे समाधानका लागि अर्को अपरेटिङ सिस्टम कुर्नुपर्ने बाध्यताकाे अन्त्य गरिदिएकाे छ ।
१०. एन्ड्रोइडका इन्टरप्राइज प्रयोगकर्ताका लागि एन्ड्रोइड इलाभेनले आफ्नो व्यक्तिगत डिभाइसदेखि कम्पनीकाे डिभाइसमा प्राइभेसी प्रोटेक्सन गर्ने फिचर ल्याएको छ । यसले तपाईंको फोनमा रहेको एक्टिभिटी वा व्यक्तिगत प्रोफाइल मनिटरिङ नगरिकनै आईटी डिपार्टमेन्टले डिभाइसलाई म्यानेज गर्न सक्छ ।
११. यदि तपाईं गूगलकाे पिक्सेल टू वा अझै माथिका फोन चलाउनुहुन्छ भने एन्ड्राेइड इलाभेनबाट आफ्नो फोन म्यानेज गर्न वा अर्गनाइज गर्न अझ धेरै फिचरहरु प्राप्त गर्न सक्नुहुन्छ । जस्तै तपाईंको दैनिक रुटिनको आधारमा फोनको होम स्क्रीनमा एपहरु अपरेटिङ सिस्टमले नै सजेस्ट गर्छ । त्यस्तै गूगल म्यापकाे लाइभ भ्यू फिचरमा लाेकेसन सेयरिङ गर्ने नयाँ सुविधा प्रयाेगकर्ताले पाउनेछन् ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…