काठमाडौँ । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा बिहीबार बिहानैदेखि चलहपहल बढेको छ। व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन भएका छन् ।
उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले बुधबार गरेको निर्णय अनुसार बिहान ११ बजेसम्म र बेलुका पाँच बजेदेखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुलाउने निर्णय गरेको हो । खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागु हुनेछ।
यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्न पाउने छन् । सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने छन्।
यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् । यसैगरि भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ।
फर्निचर र अटोमोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधबार मात्र खुल्नेछन् । काठमाडौँ उपत्यका भदौ ३ गतेदेखि निषेधाज्ञा लागु भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…