पाल्पा । तानसेनका जनप्रतिनिधि सहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमीत थपिएका छन् । थप संक्रमीतहरु रम्भा गाउँपालिकाका ९ जना र बाकी १९ जना तानसेन नगरपालिकाका रहेका छन । तानसेनका संक्रमितहरु तानसेन बजार क्षेत्रका हुन् ।
तानसेनकाे वडा नं १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित भएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार वडा नम्बर ८ मा काेराेनाबाट मृत्यु भएकी महिलाकाे श्रीमान् समेत रहेका छन् । यस्तै रम्भाकाे वडा न. ३, ४ र ५ का पुरूषहरूमा काेराेना सङक्रमण देखिएकाे हाे ।
तानसेन नगरभित्र पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले शमुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पाल्पामा संक्रमितको संख्या ६ सय ४२ पुगेको छ । जसमध्ये पाल्पामा ५ सय ७० जना कोरोना संक्रमण बाट निको भैसकेकाछन । कोरोना संक्रमण बाट पाल्पामा दुई जनाको ज्यान गएको थियो ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…