माथागढीले कसेनीमा ३ महिने हाेजियारी तालिम सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे माथागढी गाउँपालिकाले वडा नम्बर ३ कसेनी दमारमा ३ महिने हाेजियारी तालिम सम्पन्न भएको छ । तालिम गाउँपालिकाकाे सहयोग  तथा उद्ममशिल सीप विकास केन्द्र नेपाल कसेनीकाे आयोजनामा  चलेको हाे ।

तालिम केन्द्रका संयाेजक विरविक्रम सुनारले कार्यक्रमका अवसरमा बाेल्दै घरमा खाली समय विताएका महिलाहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले याे तालिम सञ्चालन गरिएको गएको बर्षकाे तालिमले धेरै महिलाहरु आत्मनिर्भर  भएको र हाेजियारी उद्योग नै खाेलेर बसेकाे मा थप परिमार्जन गरि दक्षजनशक्ति  धेरै उत्पादन गर्ने उद्देश्यले याे तालिम सञ्चालन गरिएकाे हाे  उहाँका अनुसार तालिम २२ जना प्रशिक्षार्थीकाे सहभागीतामा सञ्चालन गरिएको  समेत जानकारी गराउनु भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले तालिम धेरै चले तर त्यो व्यवहारिक हुन सकेको थिएन तर याे संस्था स्थापना भए बाट महिला हरु आत्मनिर्भर  हुदै गएको र केही महिलाले यी उत्पादनका काममा सहभागी भई उत्पादन गर्दा अब महिला पनि केही बन्न सक्ने कुरामा अफु पूर्ण विश्वासरत भएको कुरा जानकारी गराउनु भयो साथै पालिका बाट गर्नु पर्ने सहयोग सबै गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । समापन कार्यक्रममा सहयोगी संस्थाका तर्फबाट बाेल्दै स्मार्ट नेपाल पाल्पाका अध्यक्ष सागर पाेखरेलले यसरी महिलाहरु लगनशील भए र काम गरेको देखेर सहयोग गरेको साथै थप सहयोग समेत गर्ने र महिलाहरु लगनशील भएर हरेक कामलाई पूर्णता दिने हुदा अाफुले समेत विशेष यस संस्थालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । अतिथि कार्यपालिका सदस्य तारा रसाइली , दिव्य ज्याेति प्र अ नारायण प्रसाद अधिकारी ,एस अार डिसी सहजकर्ता माेतिसरा राना प्रशिक्षक माया सारु लगाएत कार्यक्रममा उपस्थिति अतिथि हरुले अब महिलाहरु अगाडि बढ्ने र अात्मनिर्भर बन्ने कुरामा कुनैपनि दुईमत नरहेको कुरा जानकारी सहित शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा ३ महिना सम्म घामपानी नभनी निरन्तर रुपमा सहभागी भएर तालिममा सहभागी २२ जना  प्रशिक्षार्थीलाई सम्मानपूर्वक प्रमाणपत्र सहित टीका समेत लगाएर प्रमुख अतिथि बाट सम्मान गरिएको थियो भने । कार्यक्रम संस्थाका अध्यक्ष नरमति चिदिकाे अध्यक्षता तथा व्यवस्थापक लालुमाया घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको हाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago