माथागढीले कसेनीमा ३ महिने हाेजियारी तालिम सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे माथागढी गाउँपालिकाले वडा नम्बर ३ कसेनी दमारमा ३ महिने हाेजियारी तालिम सम्पन्न भएको छ । तालिम गाउँपालिकाकाे सहयोग  तथा उद्ममशिल सीप विकास केन्द्र नेपाल कसेनीकाे आयोजनामा  चलेको हाे ।

तालिम केन्द्रका संयाेजक विरविक्रम सुनारले कार्यक्रमका अवसरमा बाेल्दै घरमा खाली समय विताएका महिलाहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले याे तालिम सञ्चालन गरिएको गएको बर्षकाे तालिमले धेरै महिलाहरु आत्मनिर्भर  भएको र हाेजियारी उद्योग नै खाेलेर बसेकाे मा थप परिमार्जन गरि दक्षजनशक्ति  धेरै उत्पादन गर्ने उद्देश्यले याे तालिम सञ्चालन गरिएकाे हाे  उहाँका अनुसार तालिम २२ जना प्रशिक्षार्थीकाे सहभागीतामा सञ्चालन गरिएको  समेत जानकारी गराउनु भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले तालिम धेरै चले तर त्यो व्यवहारिक हुन सकेको थिएन तर याे संस्था स्थापना भए बाट महिला हरु आत्मनिर्भर  हुदै गएको र केही महिलाले यी उत्पादनका काममा सहभागी भई उत्पादन गर्दा अब महिला पनि केही बन्न सक्ने कुरामा अफु पूर्ण विश्वासरत भएको कुरा जानकारी गराउनु भयो साथै पालिका बाट गर्नु पर्ने सहयोग सबै गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । समापन कार्यक्रममा सहयोगी संस्थाका तर्फबाट बाेल्दै स्मार्ट नेपाल पाल्पाका अध्यक्ष सागर पाेखरेलले यसरी महिलाहरु लगनशील भए र काम गरेको देखेर सहयोग गरेको साथै थप सहयोग समेत गर्ने र महिलाहरु लगनशील भएर हरेक कामलाई पूर्णता दिने हुदा अाफुले समेत विशेष यस संस्थालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । अतिथि कार्यपालिका सदस्य तारा रसाइली , दिव्य ज्याेति प्र अ नारायण प्रसाद अधिकारी ,एस अार डिसी सहजकर्ता माेतिसरा राना प्रशिक्षक माया सारु लगाएत कार्यक्रममा उपस्थिति अतिथि हरुले अब महिलाहरु अगाडि बढ्ने र अात्मनिर्भर बन्ने कुरामा कुनैपनि दुईमत नरहेको कुरा जानकारी सहित शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा ३ महिना सम्म घामपानी नभनी निरन्तर रुपमा सहभागी भएर तालिममा सहभागी २२ जना  प्रशिक्षार्थीलाई सम्मानपूर्वक प्रमाणपत्र सहित टीका समेत लगाएर प्रमुख अतिथि बाट सम्मान गरिएको थियो भने । कार्यक्रम संस्थाका अध्यक्ष नरमति चिदिकाे अध्यक्षता तथा व्यवस्थापक लालुमाया घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको हाे ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago