काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।
जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११:१५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । रूख काट्ने साइत त्यसै दिन राति ९:२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०:५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७:०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदा समेत दिइन्छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानिचा यात्रा गराइने विधि रहेको छ ।
आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४:०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समिति अध्यक्ष गौतमले जानकारी दिए । “शास्त्रीय ग्रन्थमा ‘भरण्यां निशि पातयेत्’ भन्ने वाक्य उल्लेख भए अनुसार भदौ २२ गते बिहान ४:०१ बजेसम्म अश्विनी नक्षत्र रहेकाले ४:०६ बजे इन्द्रजात्राको लिङ्गो ढाल्नुपर्ने साइत समिति बैठकले शास्त्रीय मान्यताअनुसार सर्वसम्मतिले निर्णय गरेको हो”, उनले भने ।
उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले यस वर्ष इन्द्रजात्रा कुन रुपमा मनाउने भन्ने निर्णय भइसकेको छैन । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा समेत हुन सकेको छैन । जात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौँ शाखाले गर्दै आएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…