पाल्पा । कोरोना संक्रमण दर दैनिक रुपमा घट्दो छ । शुक्रवार नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ सय १८ जनामा कोरोना पुष्टि भएको बताए । अहिलेसम्म संक्रमित हुनेकाे संख्या १६ हजार ६४९ जना पुगेको छ ।
यो सँगै १ सय २० जना डिस्चार्ज भएका छन । कुल डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…