जापानभर ३५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि बिहिबार एकैदिनमा टोकियोमा २२४ जना संक्रमण पुष्टि

टोकियो । जापानमा बिहिबार ३ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा कोरोना भाइरस व्यक्तिहरुमा संक्रमण पाइएको हो ।

बिहिबार एकैदिनमा टोकियोमा २२४ जना, ओसाकामा ३० जना, खानागावामा २५ जना, साइतामामा २२ जना, चिबामा २२ जना, होक्काइदोमा १ जना, फुकुओकामा ४ जना, ह्योगोमा २ जना, क्योतोमा ५ जना तथा अन्य प्रिफेक्चरमा समेत गरि ३ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानभरमा सबैभन्दा धेरै संक्रमितहरु रहेको टोकियोमा मात्रै कोरोना भाइरसबाट हालसम्म ७ हजार २ सय ७२ जनामा संक्रमण पाइएको छ । यहाँ हालसम्म ५ हजार ९ सय ७९ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३ सय २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

बिहिबार, टोकियोमा संक्रमण संख्या एकैदिन हालसम्मकै उच्च कायम भएको छ । यसले टोकियो लगायतका जनघनत्व अधिक रहेको ठाउँहरुमा खतराको संकेत गरेको छ । त्यि क्षेत्रहरुमा रहेका प्रत्येक व्यक्ति/व्यक्तिले सतर्कता अप्नाउन नसके अझै विकराल रुपम लिन सक्छ । हालसम्म नेपाली समुदायमा संक्रमणको दुखद खबर सुन्न परेको छैन, त्यसैले थप सचेत बनौँ, आफु संक्रमित हुनबाट जोगिऔँ र अरुलाई पनि जोगाऔँ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago