क्वारेन्टाइनमै रहेकी एक महिलाले बच्चा जन्माईन

अछाम । भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् ।
मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै शिशुलाई जन्म दिएकी हुन् । सोही वडाको कुन्ती माविमा रहेको क्वारेन्टाइनमा जेठ १४ देखि बसिरहेकी रुबिना अनमी कल्पना भण्डारी र जमुना खातीको सहयोगमा सुत्केरी भएको कुन्तीका स्वास्थ्य चौकी इन्चार्ज अर्जुन बोहराले जानकारी दिए । बोहराका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सुत्केरी रुबिनालाई सोही क्वारेन्टाइनमा रहेको अलग्गै कोठामा राखेर सुत्केरी गराइएको बताइएको छ ।

रुबिनासहित उक्त क्वारेन्टाइनमा रहेका नौ जनामा कोरोना जाँचका लागि जेठ १९ मा स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दा एक ५२ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । भारतबाट आएर उक्त क्वारेन्टाइनमा रहेका ३२ जनाको बुधबार नै आरडीटी परीक्षण गरेर नेगेटिभ आएपछि घर पठाइएको छ । यसअघि पीसीआर रिपोर्ट नेगेटिभ आएकालाई समेत घरमा एकान्तवास बस्ने गरी घर पठाइएको वडा अध्यक्ष गोपाल थापाले जानकारी दिए । उपहारखबरबाट

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago