क्वारेन्टाइनमै रहेकी एक महिलाले बच्चा जन्माईन

अछाम । भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् ।
मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै शिशुलाई जन्म दिएकी हुन् । सोही वडाको कुन्ती माविमा रहेको क्वारेन्टाइनमा जेठ १४ देखि बसिरहेकी रुबिना अनमी कल्पना भण्डारी र जमुना खातीको सहयोगमा सुत्केरी भएको कुन्तीका स्वास्थ्य चौकी इन्चार्ज अर्जुन बोहराले जानकारी दिए । बोहराका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सुत्केरी रुबिनालाई सोही क्वारेन्टाइनमा रहेको अलग्गै कोठामा राखेर सुत्केरी गराइएको बताइएको छ ।

रुबिनासहित उक्त क्वारेन्टाइनमा रहेका नौ जनामा कोरोना जाँचका लागि जेठ १९ मा स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दा एक ५२ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । भारतबाट आएर उक्त क्वारेन्टाइनमा रहेका ३२ जनाको बुधबार नै आरडीटी परीक्षण गरेर नेगेटिभ आएपछि घर पठाइएको छ । यसअघि पीसीआर रिपोर्ट नेगेटिभ आएकालाई समेत घरमा एकान्तवास बस्ने गरी घर पठाइएको वडा अध्यक्ष गोपाल थापाले जानकारी दिए । उपहारखबरबाट

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago