पाल्पामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण भएकाहरु ११ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङ्ग का क्रममा जानकारी दिए । पछिल्लो समय पाल्पामा झण्डै २२ सय नागरिक भारतबाट भित्री सकेका छन् । जिल्लामा ३ सय ५० भन्दा बढिको नमुना संकलन भएको छ । पाल्पाका संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमण भएका सबैलाइ तानसेनको आईसोलेसनमा लैजाने तयारी भएको माथागढी गाउँपालिकाले जनाएको छ ।
संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।संक्रमितहरु बढीरहदा सजग र सतर्कता अपनाउन आवस्यक रहेको छ ।

bhabindra gautam

Recent Posts

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago