प्रधानमन्त्रीको संसद सम्बोधनमा गर्दा गर्नुभएका केहि मुख्य बुँदाहरु

काठमाडौँ-बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका विषयमा सांसदहरुले उठाएको सवालहरुको जवाफ दिँने क्रममा राखेका भनाइहरू ।

संसदमा देखिएको एकता र राष्ट्रिय एकतामा गर्व गर्दछु

प्रारम्भमा संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलिले “आज जुन राष्ट्रिय एकता र संयुक्त प्रायसको आवश्यकता छ, हिजो को सभामा देखा पर्‍यो, त्यस एकता प्रती म सिंगै हाउसको सन्दर्भमा गर्व गर्दछु” भनेका छन् ।

सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन

त्यसैगरी प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्ने आकंक्षाले नभई सबै निकायको प्रभावकारी परिचालनका लागि ती कार्यालय प्रधानमन्त्री मातहत ल्याइएको बताए। ‘अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारका सबै निकाय र अंगको प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री माताहत केही कार्यालय ल्याइएको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका विषयमा सांसदहरुले उठाएको सवालहरुको जवाफ दिँने क्रममा राखेका भनाइ का मुख्य अंशहरु:

१.संसदमा देखिएको एकता र राष्ट्रिय एकतामा गर्व गर्दछु

२.कसैले जस पाउला भनेर चिन्ता गर्नु पर्दैन

३.बाँध फुटेकोजस्तो आयो कोरोना, साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने

४.सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन

५.दैनिक पाँच हजार स्वाब परीक्षण गर्न सकिन्छ

६.अर्ब खर्चको आफ्नै प्रणाली छ

७.हाम्रो युवाहरुको भवानालाई बुझ्छु

८.क्वारेन्टिन मापदण्डअनुकूल भए नभएको अनुगमन भइरहेको

९.निजीलाई परीक्षण गर्न दिइन्छ

१० लकडाउनको स्वरुप बदलिन्छ

कसैले जस पाउला भनेर चिन्ता गर्नु पर्दैन

प्रधानमन्त्रीले छुटेको भूमाग समेटेर नक्सा संशोधन गर्ने विषय सबैको साझा जसको विषय भएको बताएका छन्।

लकडाउनको स्वरुप बदलिन्छ

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो दुई बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने बताए ।

 

बाँध फुटेकोजस्तो आयो कोरोना, साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने

ओलीले संसदमा बोल्दै सरकारका प्रयासहरू शतप्रतिशत ठीक नरहेको र केहि कमीकमजोरी हुन सक्ने स्वीकार गरेका छन् । ‘म शतप्रतिशत भन्न चाहन्न, छापावाल सुनले पनि ९९ दशमलव ९९ प्रतिशतको मात्र ग्यारेन्टी गर्छ,’ ओलीले भने, ‘हाम्रा प्रयासहरू पनि शतप्रतिशत ठीक छन्, पर्याप्त छन् भनेर म भन्दिन, कमीहरू हुन सक्छन् ।’उनले कोरोना सबैले भोग्नुपरेको साझा समस्या रहेको बताए । ‘कोरोना सबैले भोग्नुपरेको साझा समस्या हो ।विश्व स्वास्थ्य संगठनको आधारमा हेर्ने हो भने कोरोना संक्रमण साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने उनले बताए । त्यसो नहुन पनि सक्छ तर त्यो आँकलन विश्व स्वास्थ्य संठनको हो उनले भने । उनले विदेबाट आउने व्यक्तिहरुको संख्या बढेसँगै यो बढ्न सक्ने पनि बताए ।

दैनिक पाँच हजार स्वाब परीक्षण गर्न सकिन्छ

पिसिआर टेस्ट्को सन्दर्भमा उनले “दिनमा हामी संग ४५००-५०० पिसिआर सम्म को क्षमता बढाएका छौ, तर आउनेहरुको संख्या पहिले २० हजार्, १८ हजार थियो, अहिले पनि ७-८ हजार, ९ हजार दैनिक आउने संख्या छ” । जब ४५००-५००० हाम्रो क्षमता बिकास गर्न सकिएको छ भने,टेक्निसियन को पनि कुरा छ, किट्स को पनि कुरा छ” भने | शुरु शुरुमा यस्तो हाहाकार भयो, दुनियाँमा त्यस स्तरमा तयारी कसैले गरेकै थिएन । दुनियाम कसैले पनि तयारी गरेको थिइएन । अझ बलिया देश हरुले बिच बिचमा तानेर लाने पनि स्थिती भयो । हामी त्यसो गर्न सक्दैनौ ।

हाम्रो युवाहरुको भवानालाई बुझ्छु

त्यसैगरी उनले युवाहरुलाई पनि सन्बोधन गरे । उनले भने”म हाम्रो युवाहरुको भवाना लाई बुझ्छु । म सरकारको तर्फबाट पनि भन्न चाहन्छु, सरकार ति समस्या समाधन गर्न प्रयत्नशिल छ तर यो समस्या चौतर्फी रुपमा आक्रमण गरेर एकैचोटी आइलाग्यो, समस्याको समाधान सहज सरल छैन | यो पुंजी संग, सामानको उपलब्धता, त्यसलाई ल्याउने प्रकृया संग सम्बन्धित छ ।”

१० अर्ब खर्चको आफ्नै प्रणाली छ

उनले भने, “अनियमितता भयो भन्ने र लाञ्छित गर्ने प्रवृति पनि देखिन्छ । त्यो प्रवृतिमा नबग्न अनुरोध गर्दछु । सरकारले कुनै पनि प्रकारको अनियमितता, भ्रष्टाचार सहदैन । छानविन गर्छ कारवाही गर्छ अनि कानुनको कठघरमा उभ्याउँछ र दोषी भएको पाईएमा कारवाही गर्छ म माननीय ज्यूहरुलाई आश्वस्त तुल्याउन चाहन्छु ।

क्वारेन्टिन मापदण्डअनुकूल भए नभएको अनुगमन भइरहेको

प्रधानमन्त्री ओलीले रेलबाट खाँदिएर आएकाले भारतबाट आउने नागरिक ज्यादा संक्रमित भएको बताउँदै क्वारेन्टिनको प्रबन्ध राम्रो नहुँदा संक्रमण फैलिएको भन्ने स्वीकारेनन् ।उनले भने, ‘भारतबाट आएकाहरू रेलमा खाँदिएर, कोचिएर आएकाले बाटैमा संक्रमण फैलिएको हुनसक्छ ।

निजीलाई परीक्षण गर्न दिइन्छ

कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याइने भन्दै उनले थप पीसीआर मेसिन ल्याइने जानकारी दिँदै भने, ‘थप आधुनिक उपकरण ल्याउनेमा हाम्रो ध्यान गएको छ । त्यसमा हामीले कदम चालिराखेका छौं ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago