जापानका ९१६ सहित ३० देशका २४ हजार नेपालीलाई उद्दार गर्नुपर्ने ( सूचीसहित )

काठमाडौं – सरकारले कोभिड -१९ महामारीका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सुची तय गरेको छ । विभिन्न देशमा रहेका नेपाली दुतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८  छ ।

परराष्ट्र मन्त्रालयले कोभिड -१९ संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी ) लाई सोमबार बुझाएका विवरणअनुसार भारत बाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना छन् । अधिकारीहरुकाअनुसार खान र बस्न समस्या परेका , रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई यो सूचीमा समावेश गरिएको छ ।कुन कुन देशबाट कति नागरिक तत्काल ल्याउनुपर्ने भयो ? हेर्नुस देश र संख्या सहितको सुची

यो सूचीमा सम्बन्धित कम्पनीले टिकट काटेर पठाउने श्रमिक यसमा समावेश छैनन् । प्राथमिकताको आधारमा नेपाल ल्याउने प्रयोजनका लागि विदेशस्थित नियोगहरुबाट प्राप्त तत्काल उद्दार गरिनुपर्ने नेपाली नागरिकको विवरण सीसीएमसीमा पठाइएको परराष्ट्र स्रोतले जनाएको छ ।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago