कोरोना बिरुद्धको अभियानमा सुरक्षाकालागी राष्ट्रिय युवा संघ पाल्पा रात्री गस्तीमा

पाल्पा । कोरोना संक्रमण फैलिरहेको अवस्थामा पाल्पामा भने कोरोना बिरुद्धको अभियानमा सुरक्षाको लागी राष्ट्रिय युवा संघ पाल्पाले रात्री गस्ती गरेको छ । भारतीय तरकारी तथा फलफूलहरु पाल्पा जिल्लामा प्रवेश भएको सूचनाका प्राप्त भएपछी राष्ट्रिय युवा संघ पाल्पाले रात्री गस्ती गरेको जनाएको छ ।


२६ गते रातको समयमा भारतीय तरकारी तथा फलफुल अत्याधिक रुपमा पाल्पातिर आउदै गरेको भन्ने सुचनाको आधारमा पाल्पाको दोभानमा राती ८:३० देखी २७ गते बिहान २:२० बजे सम्म गस्ती गरिएको युवा संघ पाल्पाका गुँरास आत्रेय ले जानकारी दिए । उनका अनुसार एउटा बोलेरो पिकअपमा १२ जना सर्लाही बाट बाग्लुङ जाने मानिसहरूलाई यथास्थानमा जिल्ला प्रहरी प्रमुखको सहाएतामा फिर्ता गरिएको बताइएको छ । श्रोत नखुलेका फलफुल तथा तरकारी ल्याएका ३ वटा बोलेरो पिकअप आएकै स्थानमा फिर्ता गरिएको बताइएको छ । तरकारी तथा फलफुल सहितको गुल्मी जाने ५ वटा बोलेरो पिकअप लाई प्रहरिको निग्रानिमा सिधै गुल्मी जाने सर्त र गुल्मिको प्रसासन संग सम्वन्नय गरी पठाइएको युवा संघले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र दोभान प्रहरी चौकीको समन्वयमा रातको समयमा गस्ती गरिएको राष्ट्रिय युवा संघ पाल्पाले जनाएको छ । कोरोना संक्रमण तराइका जिल्लाहरु फैलिरहेकोले पाल्पामा पनी जोखिम बढेको हुदा उच्च सर्तकता अपनाउन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago