कम्पनीका श्रमिक, मजदुर र मालिक बिचको कथा

पाल्पा । शान्तराम सधैं ठिक समयमा कम्पनीमा पुग्थे । आफुले गर्नुपर्ने काम एकदम मेहेनत र लगनले गर्थे । नचाहिने कुरामा पटक्कै ध्यान दिँदैनथे । अरु संग घुलमिल हुने साथी बनाउने हाँसो मजाक गर्ने जस्ता कुरा सायद उनले जानेकै थिएनन् होला । सामान्य भन्दा फरक स्वभावका शान्तरामको अनुहार सधैं एकैनासको हुने हुँदा उनी खुसी छ्न् कि दुखी छ्न् भन्ने पत्ता लगाउन कसैले सक्दैनथे । कसैले बोलाए बोल्थे, काम पर्यो भने मात्र अरुलाई बोलाउँथे नत्र ड्युटी सकिए पछि चुपचाप आफ्नो घर जान्थे ।

शान्तरामको काम देखि कम्पनीका मालिक रघुनाथ साह्रै खुसी थिए । उनको अलग स्वभाव देखेर संगै काम गर्ने अरु कर्मचारीहरु लाई अनौठो लाग्थ्यो । अनौठो लागे पनि शान्तराम त्यो कम्पनीको सबै भन्दा पुरानो सिनियर कर्मचारी भएको हुँदा उनको निजी जिन्दगी र स्वभावको बारेमा सोध्ने आँट कसैले गर्दैनथे ।

एकदिन शान्तराम काममा गएनन् । यो कुरा थाहा पाएपछि रघुनाथको मनमा कुरा खेल्न थाले । बर्षौं सम्म एकदिन पनि काम नछोड्ने मान्छे आज किन काममा आएन होला ! साह्रै सन्चो नभएर नआएको होला कि ! लामो समय देखि तलब पनि बढाएको छैन, सायद तलब थोरै भयो भनेर रिसाएर नआएको हो कि ! यस्तै यस्तै कुराले पिरोल्न थालेपछि रघुनाथले शान्तरामको तलबमा २००० रुपैयाँ बढाउने निर्णय गरे ।
भोलिपल्ट शान्तराम कम्पनीमा आउने बित्तिकै रघुनाथले आफ्नो अफिसमा बोलाएर उसको तलबमा अरु २००० रुपैयाँ बढाएको कुरा सुनाए । तलब बढेको खबर सुन्दा पनि शान्तरामको अनुहारमा कत्ति खुसी देखिएन । तलब बढाउने कम्पनीका मालिक रघुनाथलाई धन्यवाद सम्म पनि नभनी आफ्नो काम तिर लागे ।
जस्तो सधैं हुन्थ्यो ठिक त्यस्तै हाउभाउ ! शान्तरामको कुनै किसिमको प्रतिक्रिया नदेख्दा रघुनाथलाई हल्का रिस उठ्यो, कस्तो खालको मान्छे रहेछ भन्ने अलिकति अचम्म पनि लाग्यो । समय बित्दै गयो सधैं जसरी नै शान्तरामले काम गर्दै गए, यसैगरी दिन हप्ता हुँदै महिनौं बित्यो ।
आज फेरि शान्तराम ड्युटीमा आएनन् । एक, दुई, तीन दिन हुँदै एघार बाह्र दिन भैसक्यो उनी ड्युटीमा नआएको । कम्पनीको पुरानो र महत्त्वपूर्ण जिम्मेवारी समालेका कर्मचारी यत्रो दिन सम्म काममा नआएको हुँदा रघुनाथलाई साह्रै रिस उठ्यो । तलब बढाएको हुँदा ठूलो पल्टेर काममा नआएको हुनसक्ने अनुमान लगाएर बढाएको तलब फिर्ता गरि पहिला जति थियो त्यति मात्र दिने निर्णय रघुनाथले गरे ।

जुन दिन म काममा आएको थिईन, त्यो दिन मेरो छोराको न्वारान थियो । त्यतिबेला तपाईंले बढाएको पैसा मेरो छोराको भाग थियो, छोराले पाउन पर्ने भाग पाउँदा म खुसी हुनुपर्ने कारण थिएन । आज बुबाको काजकिरिया सकेर आएको हुँ, तपाईंले घटाएको पैसा मेरो बुवाको भाग थियो जो मैले पाउने कुरै भएन । अनि म किन दुखी हुनु ? कसलाई, कहिले, कति, कसरी, कहाँ, र के दिने र लिने भन्ने कुराको निर्णय भगवानले गर्ने हुँदा मान्छेको अगाडी आफ्नो दु:ख वा खुसी नै प्रकट गर्न पर्छ जस्तो मलाई लाग्दैन ।”

१४ औं दिन शान्तराम कम्पनीमा आए । दुई हप्ता पछि काममा फर्केका शान्तरामलाई रघुनाथले आफ्नो अफिसमा बोलाएर साह्रै हपारे, नानाथरी भन्दै तलबमा बढाएको रकम घटाउने निर्णय सुनाए । रघुनाथको कडा रिस र आफ्नो तलब घटाउने कुराले शान्तराम लाई कुनै किसिमको मानसिक असर परेकै थिएन । उनको अनुहार हाउभाउ सधैं जस्तै देख्दा रघुनाथको थोरै रिस मर्‍यो, अलिकति अचम्म लाग्यो, अलिक ग्लानी महसुस भयो ।
आफ्नो अगाडी उभिई रहेका शान्तराम लाई रघुनाथले कुर्सीमा बस्न भने । टेबलमा राखेको मिनिरल वाटरको बोतल खोली गिलासमा पानी हालेर पिईसके पछि रघुनाथले शान्तराम संग सोध्न थाले “कहिल्यै खुसी नि नहुने अनि दु:खी नि नहुने, यार तिमी कुन माटोको बनेका मान्छे हौ ? पहिला तलब बढाउँदा पनि खुसी भएनौ र आज तलब घटाउँदा पनि दु:खी छैनौ आखिर किन ?”
रघुनाथको यस्तो प्रश्न सुनेपछि शान्तरामले भन्छ्न् “जुन दिन म काममा आएको थिईन, त्यो दिन मेरो छोराको न्वारान थियो । त्यतिबेला तपाईंले बढाएको पैसा मेरो छोराको भाग थियो, छोराले पाउन पर्ने भाग पाउँदा म खुसी हुनुपर्ने कारण थिएन ।
आज बुबाको काजकिरिया सकेर आएको हुँ, तपाईंले घटाएको पैसा मेरो बुवाको भाग थियो जो मैले पाउने कुरै भएन । अनि म किन दुखी हुनु ? कसलाई, कहिले, कति, कसरी, कहाँ, र के दिने र लिने भन्ने कुराको निर्णय भगवानले गर्ने हुँदा मान्छेको अगाडी आफ्नो दु:ख वा खुसी नै प्रकट गर्न पर्छ जस्तो मलाई लाग्दैन ।”
रघुनाथले एकोहोरो शान्तराम लाई हेरिरहे ………..।
(लेखक : वैदेशिक रोजगारीको सिलसिलामा कतार हुनुहुन्छ)

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago