कोरोना उपचारमा पिपिईको समस्या

किरण कौशल पाल्पा, २७ चैत्र, कोरोना संक्रमण रोकथामको अति आवश्यक सुरक्षा सामग्री पर्सनल प्राटेक्टिभ इक्युमेन्ट (पिपिई) को अभावले बिरामीको उपचारमा चुनौती थपिएको छ ।
ज्वरो क्लिनिक, क्वारेन्टाइन र अस्पतालमा शंकास्पद बिरामीको परिक्षणमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिई अनिवार्य छ । तर उपचारमा संलग्नहरुको सुरक्षा कवच नै देश भरी अभाव रहेको छ । शंकास्पद कोरोना संक्रमितको उपचारमा रहेका चिकित्सक, स्वाब संकलन, ल्याब, एक्सरे जस्ता थप परिक्षणमा संलग्न व्यक्ति, सरसफाई कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षार्थ खटिएका व्यक्ति सम्मलाई आवश्यक पर्ने सामग्री नै जिल्ला अभाव देखिएको हो । बजार हाल पिपिई तिन प्रकारका रहेका छन् । डब्लु एच ओबाट मान्यता प्राप्त पिपिईमा स्वास्थ्यकर्मीको शिर देखि पाऊ सम्म छोपिने, फेसमा मास्स, ग्लोब्स, बुट र आँखा छोप्ने विशेष चस्मा सहितको सेट रहेको हुन्छ । कतिपय पिपिई निर्मलिकरण पश्चात पुन प्रयोग गर्न मिल्ने छन् ।
पाल्पामा ७१ थान पिपिई आएको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालयसंग रहेको छ । लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिशन अस्पताल, पाल्पा अस्पताल, रामपुर अस्पताल, ज्वरो क्लिनिकहरु तिनाउ, मिल्याल र हार्थोक सहित क्वारेन्टाइनहरु जनमार्ग विद्यालय पूर्वखोला सहित अन्य ४ स्थान स्वास्थ्कर्मीहरुलाई आवश्यक देखिन्छ । कोरोना उपचार केन्द्रको रुपमा रहेको लुम्बिनी मेडिकल कलेजमा समेत प्रयाप्त मात्रामा पिपिई रहेको छैन । सरकारी स्तरबाट ५ वटा प्राप्त भएको र कलेजले आफै १५ थान जति पिपिईको व्यवस्थापन गरेको छ । केही प्रयोग भएकाले बिरामीको संख्या बृद्धि भएमा पिपिईको समस्या देखिने अस्पताल निर्देशक डा राजु शाक्यले बताए ।
भारतबाट फर्किएका २१ जनालाई क्वारेन्टाइनमा राखेको जनमार्ग विद्यालयमा एक थान पनि पिपिई छैन । पूर्वखोला गाउँपालिकाले खरिद गर्न बजार नपाएको जिल्ला स्तरीय सयन्त्रको प्राथमिकता अस्पतालहरु परेकाले त्यहाँका स्वास्थ्यकर्मीले जोखिममा रहेका छन् । जिल्ला स्तरीय कोरोना संक्रमण रोकथाम कमाण्ड पोष्टको बैठकले जिल्लालाई आवश्यक पिपिई प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ । स्थानीय तहले २ देखि १० वटासम्म पिपिई खरिद गरेर स्वास्थ्य संस्थामा प्रयोग गरेका छन् । स्थानीय तह र निजी अस्पतालहरुले आफैं खरिद गर्ने खोजेपनि बजारमा पाएका छैनन् । पाल्पा अस्पताल र रामपुर अस्पताललाई प्रदेश सरकारबाट १० थानको दरले पिपिई उपलब्ध भएको छ । पाल्पा अस्पतालमा प्रदेश सरकारका अतिरिक्त अन्य निकायबाट केही थान पिपिई प्राप्त ज्वरो क्लिनिक र आइसोलेसन खटिने स्वास्थकर्मीहरु प्रयोग भएको छ ।
कोरोना संक्रमणका लक्षण देखिएको बिरामीको संख्या बढेर सबै स्वास्थ्यकर्मीहरु खटिने अवस्थामा पिपिई अपुग हुने पाल्पा अस्पतालका निमित्त प्रमुख डा पुष्प ज्ञवालीले बताए । पिपिई अभावले स्वास्थ्यकर्मीहरु जोखिम मात्रै होइन उनिहरुबाट अन्यमा संक्रमण हुने खतरा र उपचारमा आनाकानी गर्ने अवस्था रहन्छ । कोरोना संक्रमणको उपचारमा आधारभूत सामग्री पिपिई भएपनि सरकारी संयन्त्र यसमा संवेदनशिल नभएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago