स्टेज कार्यक्रममा उचाई छुदै पाल्पाली हास्यकलाकार सुमित कुमार घिमिरे

सन्तोष गहतराज-पाल्पा,
पाल्पाको पछिल्लो समयमा स्टेज विभिन्न कार्यक्रमहरुमा १०० भन्दा बढी आवाज निकाल्दै विशेष गरी पाल्पाली धुर्मुस भनेर चिनिने नाम हो सुमित कुमार घिमिरे । वि स २०५८ साल चत्रै ११( चैते दशैको) दिन तानसेनमा आमा सुमित्रा देवी कार्की क्षेत्री र पिता नेत्र प्रसाद घिमिरेका जेठा छोरा रहेका घिमिरेको एउटा बहिनी सुजिता घिमिरे रहेकी छन । चार बर्ष देखी हास्य तथा व्याङ्गय क्षेत्रमा लागेका हास्यकलाकार घिमिरे आजकाल हास्य टेलिश्रीखला जे हालो होलामा अभिनय गर्दै आएका छन । जुन कार्यक्रम हरेक विहिबार रमाइलो टेलिभिजनमा ८ः३० मा आउने गर्दछ ।

सानै देखी चन्चले स्वाभावका घिमिरेले कक्षा १० सम्म होराइजन बोङ्गिग स्कुलमा पढेर अहिले पाल्पाको त्रिभुवन बहुमुखी क्यापसमा व्यस्थापन संकायको पहिलो बर्षमा अध्यनन गर्दै छन । अहिले उनले १०० भन्दा धेरै नेता,कलाकार,पशु तथा चराचरुङगीहरुको आवाज निकाल्छन । विशेष गरी कागलाई बोलाउन सक्ने क्षमता पनि घिमिरेमा रहेको छ । इन्डियन काटुन मोटु पतलु जुन साना साना भाइबहिनीहरुले रुचाउने गर्दछन सो टिमको पनि आवाज निकाल्छन त्यसैले उनि केटाकेटीहरुले पछिल्लो समयमा रुचाउने कलाकारको रुपमा पनि परिचित रहेका छन । पाल्पाली हास्य व्यागयकलाकार किरण चित्रकार,चर्चित हास्यकलाकार उत्तम केसी जस्ता कलाकारहरुको प्रेरणाले यो क्षेत्रमा लागेको बताए । पछिल्लो समयमा विभिन्न नेता तथा कलाकारहरुको आवाज निकादै अगाडी बढेकोले उनलाई स्टेज कार्यक्रमहरुमा देख्न सकिन्छ । हास्यव्याङ्गय कला देखाउने घिमिरेले १०० भन्दा धेरै स्टेज कार्यक्रममा चढि सकेको बताउने घिमिरेले पछिल्लो समयमा इन्डियाको राजस्थानमा समेत पुगेर प्रस्तुती दिई सकेका छन । स्टेजका कार्यक्रमहरुमा जादा सबै भन्दा धेरै दर्शकहरु देख्दा र आफुले हसाउदा दर्शकहरु पेट मिचि मिचि हासेको देख्दा खुशी हुने घिमिरेले भविष्यमा आफनै नामको कमेडी सो होस्ट गर्ने तथा समाजमा रहेका विकृति र विसङगतीको विरुद्ध हास्य व्याङ्गगले मार्फत आवाज उठाउने र सामाजीक कामहरु गर्दै जाने इच्छा रहेको बताए । पाल्पा तथा अन्य ठाउँहरुमा एक पटक अभिनय देखे पछि अर्को पटक पनि पन खोजी खोजी बोलाउने गरेको बताए । उनले कलाकारीताको साथ साथै खेलकुदमा पनि रुचि रहेको बताउदै क्रिकेट तथा व्याडमिन्टन पनि खेल्ने गरेको बताउए । १७ बर्ष भन्दा कम उमेरका खेलाडीहरुको बीचमा भएको भएको टप २० रनिङ्गशिल व्याडमिन्टन पाल्पा जिल्लालाइ प्रतिनिधित्व गदै टप २० भएका थिए । हास्य व्याङ्गगले मार्फत पाल्पामा पछिल्लो समयमा सुमित कुमार घिमिरेले स्टेज कार्यक्रमका स्टेज तताउदै आएका छन ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago