प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै

पर्वत सदरमुकाम कुश्माबजार बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेकाबेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि बलेवामा पूर्वाधार निर्माण गर्नथालिएको हो

प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी बलेवामा पूर्वाधार निर्माण थालिएको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटनवन तथा वातावरण मन्त्रालयले बागलुङ नगरपालिका१३ स्थित पैँयुपाटामा पूर्वाधार निर्माण थालिएको हो प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने स्थान पहरेमा पूर्वाधार निर्माण शुरु गरिएको हो

गण्डकी प्रदेशले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेकामा साहसिक पर्यटकहरुको गतिविधिबढ्दै गइरहेको धौलागिरिमा प्याराग्लाइडिङको राम्रो सम्भावना देखिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीविकास लम्सालले बताउनुभयो मन्त्री लम्सालले साबिकको धौलागिरि क्षेत्र साहसिक पर्यटनसँग जोडिँदै गएको बताउनुभयो

बलेवास्थित पहरेबाट प्याराग्लाइडिङ उडान गर्ने बलेवा क्षेत्रसँगै पर्वतको सदरमुकाम क्षेत्र अवलोकन गरेपछि अवतरण गर्ने गरीदुईपटकसम्म सफल परीक्षण गरिसकिएको बलेवामै रहेको विमानस्थल वा कुश्माबजारस्थित चण्डिका गण रहेको बडागाउँ चौरमासमेत अवतरण गर्न सकिन्छ

हावाको वेग मिल्ने दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माणथालेको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिनुभयो उहाँका अनुसार उडान गर्ने स्थानकोधावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायत संरचना निर्माण गरिनेछ उक्त संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरीप्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्यसमेत अगाडि बढाइने उहाँले बताउनुभयो

प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाइमा रहेको यस क्षेत्रमा प्याराग्लाइडिङ शुरु भएपछि पर्वत बाग्लुङको बलेवा क्षेत्रका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् यहाँ जानका लागि पर्वतको मालढुङ्गा वा कुश्माकैयाअग्लो झोलुङ्गे पुल, कुश्माबलेवा यान्त्रिक पुल विश्वकै अग्लो बञ्जी जम्प सञ्चालन भएको पुल तरेर पुग्न सकिन्छ

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago