भारतको आन्ध्र प्रदेशमा ‘रहस्यमय’ रोगको आतंक, बिरामीको रगतमा सिसा !

काठमाडौं। कोरोना महामारीबीच फैलिएको रहस्यमय रोगले भारतको आन्ध्र प्रदेशअन्तर्गत पश्चिम गोदावरी जिल्लामा पर्ने एलुरु सहरवासी यतिबेलाआतंकित छन्।

उक्त अज्ञात रोगबाट याे खबर लेख्दासम्म सयभन्दा बढी मानिस बिरामी भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ।

सबैमा एकै लक्षण देखिएका छन्। छारे रोगमा जस्तो बेहोस हुने एकैछिनमा होसमा आउने। अनि केही घण्टा अस्पताल बसेपछिडिस्चार्ज गर्न सकिने।

राज्यका स्वास्थ्यमन्त्री एके कृष्णा श्रीनिवासका अनुसार अस्पताल भर्ना भएका ५१० बिरामीमध्ये ४३० जना घर फर्किसकेका छन्।यसबीच एक जनाको भने मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ।

स्वास्थ्यमन्त्री श्रीनिावसले भनेका छन्, ‘ सबैलाई अपिल गर्न चाहन्छु कि नआत्तिनुहोस्। बिरामीको संख्या घट्दै छ। आज ४० भन्दा कमबिरामी मात्र थपिएका छन्। मलाई थाहा मानिस डराएका छन्। हामी यस रोगको कारण पत्ता लगाउने प्रयासमा छौं।

स्वास्थ्य अधिकारीले फोहोर खाना पानीले यो समस्या निम्तिएको आशंका गरेका छन्।

नयाँ दिल्लीको एम्स अस्पतालको टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार बिरामीको रगतमा सिसा फेला परेको छ।

एलुरु सरकारी अस्पतालका सुपरिटेन्डेन्ट डा. एवी मोहनले भनेका छन्, ‘हामीले थप नमुना पठाएको छौं, रिपोर्टको प्रतीक्षामा छौं।

हैदराबादको नेसनल इन्स्टिच्युट अफ न्युट्रिसन (एनआईएन) का एक वैज्ञानिकले स्नायुसम्बन्धी समस्या हुन सक्ने अनुमान गरेका छन्।

एनएनको टोलीले पानी, खाद्य तेल चामलको नमुना संकलन गरेको छ। टोलीमा सार्वजनिक स्वास्थ्य विज्ञ, एपिडेमिलोजिस्ट, माइक्रोबायोलजिस्ट खाद्य सुरक्षा विशेषज्ञ सामेल छन्।

Comments
sp sp

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago