आलु अघिल्लो वर्षभन्दा ५० प्रतिशत महँगो

काठमाडौं काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा पटक महँगिन्छ एउटा असोजकात्तिकमा, अर्को चैतवैशाखमा  वर्षेतरकारीको स्टक सकिँदै जाँदा हिउँदे तरकारी आइनपुग्दा असोजकात्तिकमा तरकारीको बजारमूल्य निकै माथि पुग्छ हिउँदे तरकारीरित्तिदा वर्षे तरकारी पर्याप्त रुपमा उत्पादन नहुँदा चैतवैशाखमा पनि तरकारी महँगो हुन्छ अरु सिजनमा भने मौसम अनुसारका सस्तोहुन्छ  

आलु प्याजमा भने यो अवस्था अलिक फरक दुई सिजनमा उत्पादन हुने तत्कालै उपभोग गर्न नपर्ने भएकोले यी तरकारीको मूल्यवर्षमा एकपटक मात्रै महँगिन्छ यो मूल्य साउनपछि विस्तारै उकालो लाग्दै जान्छ भने कात्तिक अन्तिमदेखि विस्तारै घट्दै जान्छ  

तर, यसपालि यस्तो भएन मंसिर महिना सकिनै लाग्दा समेत आलु प्याजको भाउ घट्ने सुरसार देखिएको छैन आलुको भाउ अघिल्लो वर्षभन्दा ५० प्रतिशतसम्म महँगो भएको   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सर्भेक्षण अनुसारमंगलबार होलसेल बजारमा आलु रातोको भाउ प्रतिकेजी ६८ रुपैयाँ त्यस्तै, भारतीय आलु रातोको आलु सेतो प्रतिकेजी ६३÷६३रुपैयाँमा कारोबार भइरहेको यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको सय ५० रुपैयाँ भन्दा बढी पर्न आउँछ खुद्राबजारमा मूल्य योभन्दा पनि बढी  

उता मंगलबार सुकेको भारतीय प्याजको होलसेल मूल्य सय रुपैयाँ अघिल्लो वर्षको तुलनामा कम भए पनि सामान्य अवस्थामाभन्दा यो मूल्य दोब्बरभन्दा बढी हो  

किन सस्तिएन आलुप्याज ?  

यो वर्ष आलु नसस्तिनुमा भारतबाट आउने आलु प्रमुख कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलेजनाएको अहिले नेपाली भारतीय दुवै प्रकारको आलु बजारमा आपूर्ति हुन्छ तर नेपाली आलुको मूल्य निर्धारण भारतीय आलुकोमूल्यका आधारमा हुँदै आएको समितिका प्रवक्ता विनय श्रेष्ठले भारतीय आलुभन्दा नेपाली आलु केही महँगो राखेर व्यापारीहरुलेमूल्य निर्धारण गर्ने गरेको बताए  

नेपाली आलु सामान्यतया भारतीय आलुभन्दा महँगो हुन्छ उपभोक्ताले एउटै मूल्यमा पाएसम्म नेपाली आलु नै किन्ने भएकोले भारतीयआलु सस्तो हुन गएको हो,’ श्रेष्ठले भने, ‘नेपाली उत्पादनले मात्रै बजार नधान्ने भएकोले नेपालीको भन्दा कम मूल्यमा भारतीय आलुकोआपूर्ति हुने गरेको

तर, यो वर्ष भारतीय आलुको मूल्य घटेर आएन भारतमै आलु महँगो भएका कारण यो वर्ष मूल्य सस्तो हुन नसकेको श्रेष्ठले बताए यसैको प्रभावले नेपाली आलुको मूल्य समेत घट्न नसकेको उनको भनाइ  

योमात्रै प्रमुख कारण भने होइन पछिल्लो समय आलुको उत्पादन वितरण प्रणालीमा समेत परिवर्तन भएको कारणले पनि मूल्य घट्ननसकेको प्रवक्ता श्रेष्ठले बताए उनका अनुसार अहिले आलु खेती हुने क्षेत्र टनेल खेतीले भरिएको त्यसैले पछिल्लो समय आलुउत्पादन हुने क्षेत्रफल समेत घट्दै गएको

आलुमा भन्दा अरु खेतमा बढी नाफा देखेर किसानहरु यस्तो खेतीमा लाग्न थालेका छन् उत्पादन क्षेत्र नै कम हुँदा नेपाली आलुकोउत्पादनमै कमी आउन समेत थालेको यतिबेला काठमाडौं उपत्यकामा आपूर्ति हुने नेपाली आलुमध्ये पाँचखाल, साँखु, मुडे, नुवाकोटलगायत क्षेत्रमा उत्पादन हुन्छ ती क्षेत्रमा अहिले टनेल खेती गर्ने प्रवृत्ति बढ्दै गएको  

त्यसो , अहिले उत्पादन हुने आलु अरु बजारमा समेत जान थालेको अहिले काठमाडौं उपत्यकालाई मात्रै केन्द्रित गर्नुभन्दा भरतपुर, हेटौंडा, बीरगञ्ज, पोखरा जस्ता बजारहरुमा समेत पहाडी क्षेत्रको आलुको प्रशस्त आपूर्ति हुन थालेको यसले गर्दा पनि काठमाडौंउपत्यकामा आपूर्ति हुने यस्ता तरकारीहरु महँगो भएका हुन्

उता, प्याजमा भने नेपाली बजार अधिकांश भारतीय चिनियाँ बजारमै निर्भर तर, भारतले अहिलेसम्म पनि प्याजको निकासीप्रतिबन्ध लगाइराखेको भारतीय बजारबाट सहज रुपमा प्याजको आपूर्ति हुन नसक्दा नेपाली चिनियाँ बजारको माग धान्नुपर्नेअवस्था सोही कारण यो प्याजको मूल्य पनि अपेक्षित रुपमा घट्न सकेको छैन यद्यपि अहिले कारोबार भइरहेको मूल्य अघिल्लोवर्षको भन्दा निकै कम रहेको समितिको तथ्यांक  

हिउँदे तरकारी सस्तिँदै

बजारमा हिउँदे तरकारी भने दिनप्रतिदिन सस्तो हुँदै गएको अहिले काउली स्थानीय ३० रुपैयाँमा कारोबार भइरहेको त्यस्तैकाउली तराई २५ रुपैयाँ, लोकल बन्द ३५ रुपैयाँ, मूला १२ रुपैयाँमा कारोबार भइरहेको यी मूल्यहरु अघिल्लो वर्षको सोहीअवधिको तुलनामा सस्तो हो  

यो वर्ष कालीमाटी बजारबाट बिक्री हुने तरकारीको परिमाण घटेको अघिल्लो वर्ष सय ५० टनको हाराहारीमा बिक्री हुने तरकारीयो वर्ष सय टनमा सीमित रहेको बताइएको उपत्यकामा अन्य बजारहरु व्यवस्थित हुँदै जाँदा किसानले समेत सीधै तिनै बजारमाबिक्री गर्ने प्रवृत्ति बढ्दै जाँदा कालीमाटीमाथिको निर्भरता घट्दै गएको हुनसक्ने समितिले जनाएको

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago